यु १८ साफको उपाधि भारतलाई

यु १८ साफको उपाधि भारतलाई

असोज १२ , अनलाइन खेलखबर || काठमाडौमा भएको तेस्रो संस्करणको साफ यु – १८ फुटबल च्याम्पियनसिपको उपाधि भारतले उचालेको छ ।

आज भएको फाइनल खेलमा बङ्लादेशलाई २-१ ले पराजित गर्दै भारत प्रतियोगिताको नयाँ च्याम्पियन बनेको हो ।

हलचोकस्थित एपीएफको खेल मैदानमा भएको फाइनल खेलमा भारतले खेलको अन्तिम ईन्जुरी समयमा निर्णायक गोल गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

खेलको दोस्रो मिनेटमा भारतका बिक्रम सिँहले सुरुवाती गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको २२ औं मिनेटमा मैदान भित्र बिबाद हुँदा दुबै टिमका दुई खेलाडीले रातोकार्ड खादै मैदान बाहिर गएपछि खेलमा दुबै टिम १०/१० मा सिमित रहेका छ्न ।

त्यसपछि खेलको २८ मिनेटमा बङ्लादेशले बराबरी गोल फर्कायो । बङ्लादेशका लागि एसिनले गोल गरे तर उनि गोलको खुशियाली मनाउने क्रममा जर्सी खोलेपछी उनलाई पहेलो कार्ड दिएको थियो , दोहोरी पहेलो कार्ड हुँदा उनी मैदान बाहिर जान बाध्य भएका थिए ।

यो पछि बाकी समयमा कुनै टिमबाट गोल हुन सकेन र खेल पहिलो हाफको समाप्तीमा १-१ को बराबरिमा सकिएको थियो ।

र दोस्रो हाफको अन्तिम समयमा भारत एक गोल गर्न सफल भयो जुन खेलको निर्णायक साबित हुन पुग्यो ।

प्रतियोगितामा नेपालसहित कुल ६ टिमको सहभागिता थियो । यसअघिको दुई संस्करणको विजेता नेपाल भने समूह चरणबाटै बाहीरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *