साफ यु -१८ फाइनल : पहिलो हाफ बराबरीमा
असोज १२ , अनलाइन खेलखबर || काठमाडौमा जारी तेस्रो संस्करणको साफ यु – १८ फुटबल च्याम्पियनसिप अन्तर्गत अहिले फाइनल खेल जारी रहेको छ ।
जहाँ भारत र बङ्लादेश भिडिरहेका छ्न । हलचोकस्थित एपीएफको खेल मैदानमा जारी फाइनल खेलमा पहिलो हाफको समाप्त हुँदा भारत र बङ्लादेश १-१ को बराबरी खेलेका छ्न ।
खेलको दोस्रो मिनेटमा भारतका बिक्रम सिँहले सुरुवाती गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको २२ औं मिनेटमा मैदान भित्र बिबाद हुँदा दुबै टिमका दुई खेलाडीले रातोकार्ड खादै मैदान बाहिर गएपछि खेलमा दुबै टिम १०/१० मा सिमित रहेका थिए ।
त्यसपछि खेलको २८ मिनेटमा बङ्लादेशले बराबरी गोल फर्कायो । बङ्लादेशका लागि एसिनले गोल गरे तर उनि गोलको खुशियाली मनाउने क्रममा जर्सी खोलेपछी उनलाई पहेलो कार्ड दिएको थियो , दोहोरी पहेलो कार्ड हुँदा उनी मैदान बाहिर जान बाध्य भए ।
यो पछि बाकी समयमा कुनै टिमबाट गोल हुन सकेन र खेल पहिलो हाफको समाप्तीमा १-१ को बराबरीमा सकिएको छ ।