यु -१८ को फाइनल आज : भारत र बङ्लादेश भिड्ने
असोज १२ , अनलाइन खेलखबर || काठमाडौमा जारी तेस्रो संस्करणको साफ यु -१८ फुटबल च्याम्पियनसिपको फाइनल खेलमा आज भारत र बङलादेश भिड्दै छ्न ।
शुक्रबार भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यता फाइनलमा भारतसँग भेट पक्का गरेको बङ्लादेशले भुटानमाथि ४-० ले नै जित हासिल गरेको थियो ।
अब आज आईतबार बिहान तेस्रोस्थानका लागि भुटान र माल्दिभ्सबीच प्रतिष्पर्दा गर्नेछ्न । यसअघि समूह “ ए” मै रहेका यी दुई भुटान र माल्दिभ्सबिचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
यता समूह“ बि ” मा रहेका भारत र बङलादेशबीच समूहचरणमा भेट हुँदा १-१ को बराबरी खेलेका थिए । आज आईतवार हुने फाइनल खेल दिउँसो ३ बजेपछी हलचोकस्थित एपीएफको खेल मैदानमा हुनेछ ।
आयोजक नेपाल तथा यसअघिका दुई संस्करणको विजेता समेत रहेको नेपाल यसपटक भने समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल समूहको पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरी खेलेको भएपनी दोस्रो खेलमा भुटानसँग ३-० ले निराश हुन पुगेपछी नेपाल तेस्रो पटक च्याम्पियन बन्ने सपनामा पुर्णविराम लागेको थियो ।