onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ला लिगामा रियल म्याड्रिड शिर्षस्थानमा उक्लियो

असोज ९ , अनलाइन खेलखबर || स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड अंकतालिकाको पहिलो स्थानमा उल्लिएको छ

गएराती भएको खेलमा रियलले अोसासुनामाथि २-० ले पराजित गर्दै रियलले ६ खेलबाट ४ खेलमा जित र २ मा बराबरी खेल्दै १४ अंकसहित अहिले अंकतालिकाको पहिलो स्थानमा उक्लिएको हो ।

अपराजित रियललाई आफ्नो छ्ठौ खेलमा अोसासुनामाथि जित हासिल गर्ने क्रममा रियलका भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गरेका थिए ।

खेलमा रियलले पहिलो हाफमा जुनियरको गोलमार्फत अग्रता बनाएको थियो । उनले टिमलाई अग्रता दिलाउने क्रममा खेलको ३६ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफ १-० ले सकिएको खेलमा रियलले दोस्रो हाफको ७२ औं मिनेटमा अर्को एक गोल थप्दै ओसासुनामाथि सहज जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्