भुटानको खेलमा नेपालको नजर

भुटानको खेलमा नेपालको नजर

असोज ७ , अनलाइन खबर || काठमाडौमा जारी तेस्रो संस्करणको साफ यु -१८ फुटबल च्याम्पियनसिप अन्तर्गत आज भुटान र माल्दिभ्स प्रतिष्पर्दा गर्दैछ्न ।

हलचोकस्थित एपीएफको फुटबल मैदानमा दिउँसो ३ बजेपछी हुने खेलमा नेपालको पनि नजर रहेको छ ।

यसअघिका दुई संस्करणको विजेता समेत रहेको नेपालको सेमिफाइनल पुग्ने झिनो सम्भावनालाई यस खेलले जिबितै राखेको हुँदा नेपालको नजर बिशेषगरि भुटानको खेलमा रहने छ ।

समूह “ ए ” मा रहेको नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो । भने आईतवार भएको दोस्रो खेलमा फुटबलमा उदाउँदो भुटानसँग ३-० ले निराश भएपछि सेमिफाइनल पुग्ने नेपालको समीकरणलाई निकै ठुलो धक्का लाग्न पुगेको थियो ।

अब नेपाल सेमिफाइनल पुग्नका लागि आज हुने माल्दिभ्स र भुटानबीचको खेलले निर्धारण गर्नेछ ।

अहिले अंकतालिकामा ३ अंकसहित भुटान पहिलो स्थानमा रहेको छ भने सेमिफाइनल पक्का पनि गरेको छ । नेपाल र माल्दिभ्सको समान १/१ अंक रहेको छ ।

यस्तोमा आज भुटानले माल्दिभ्सलाई कम्तिमा ४-० को अन्तरले पराजित गरेको खण्डमा मात्र नेपाल सेमिफाइनल पुग्नेछ । यदि माल्दिभ्स र भुटान बराबरी खेलेमा अथवा खेल माल्दिभ्सले जितेमा नेपाल पहिलो पटक समूह चरणबाटै बाहिरिने छ ।

यसरी समीकरण हेर्दा अझ फुटबलमा असम्भव भने छैन उदाउँदो भुटान कमजोर टिम भने देखिएको छैन । उनिहरुको खेल बिकाश आफैमा लोभलाग्दो देखिएको छ । तर माल्दिभ्स बलियो टिम हो त्यसमा दुईमत छैन ।

त्यसैले आजको खेलबाट नेपाललाई फाईदा होला जस्तो त्यही ठूलो आशा रहेको छैन , अब हेरौ जे हुन्छ त्यहीमा चित्त हामिले बुझाउनु पर्छ , भए बोनस नभए पनि केही छैन ……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *