onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लिभरपुलको अपराजित यात्रा कायमै : चेल्सी पराजित

असोज ६ , अनलाइन खेलखबर || ईङलिस प्रिमियर लिग फुटबलमामा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ ।

गएराती चेल्सीको मैदानमा भएको खेलमा साबिकको उप – विजेता लिभरपुलले चेल्सीलाई प्रतिस्पर्धात्मक बनेको खेलमा २-१ गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलाई जित दिलाउँने क्रममा एलेसान्दर अर्नाेल्ड र रोवर्टाे फिर्मिनोले गोल गरेका थिए । भने चेल्सिको तर्फबाट एकमात्र गोल एङ्गोलो कान्टेले गरेका थिए ।

खेलमा लिभरपुलले खेलको १४ औँ मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । लिभरपुलका लागि पहिलो गोल अर्नाेल्डले गरेका थिए ।

त्यसपछि ३०औं मिनेटमा लिभरपुलले अर्को गोल गर्दै अग्रता २-० को बनाएको थियो । टिमका लागि दोस्रो गोल फिर्मिनोले गरेका थिए ।

पहिलो हाफमा २-० ले पछाडी परेको चेल्सिले ७१औं मिनेटमा सान्त्वना गोल गर्यो । उक्त गोल कान्टेले गरेका थिए । त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेल भएता पनि कुनै टिमबाट गोल हुन सकेन र टिम लिभरपुलसँग पराजित हुन पुगेको छ ।

जितसँगै अपराजित रहदै आएको लिभरपुलले ६ खेलबाट १८ अंकसहित अहिले अंकतालिकाको पहिलो स्थानमा रहेको छ । भने चेल्सी पनि समान ६ खेलबाट २ मा जित , २ मा हार र २ खेममा बराबरी गर्दै ८ अंकसहित अंकतालिकाको ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्