साविकको विजेता नेपाल भुटानसँग पराजित

साविकको विजेता नेपाल भुटानसँग पराजित

असोज ५ , अनलाइन खेलखवर || आयोजक नेपाल काठमाडौमा जारी यु – १८ साफ फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा भुटानसँग ३-० ले पराजित हुन पुगेको छ

यो हारसँगै यसअघिका दुई संस्करणको विजेता समेत रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना निकै कठिन भएको छ ।

अब नेपालको केही छिनो आशा समूह “ ए ” को अन्तिम खेलमा माल्दिभ्स र भुटानको खेलबाट रहन्छ । यो खेलमा यदि भुटानले स्पष्ट जित निकालेमा केही सम्भावना नेपालको रहन्छ ।

सो खेलमा बराबरी तथा माल्दिभ्सले जित हासिल गरेमा दुईपटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिने छ ।

हलचोकस्थित एपीएफ फुटबल मैदानमा आज भएको खेलमा नेपालबिरुद्ध भुटानले पहिलो हाफमा गोल गर्दै अग्रता बनाएको थियो ।

खेलको ३६ औं मिनेटमा भुटानले पहिलो गोल गर्दै अग्रता बनाएको थियो । त्यसपछि दोस्रो हाफमा पनि भुटानले थप दुई गोल गरेपछी नेपाल भुटानसँग निराश हुन पुग्यो ।

पानीले प्रभावित गरेको खेलमा नेपालले पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही सुधारिएको प्रदशन गरेको भएपनि गोल गर्न नसक्दा टिम भुटानसँग पराजित हुन बाध्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *