भुटानबिरुद्द नेपाल १-० ले पछाडी
असोज ५ , अनलाइन खेलखबर || काठमाडौमा जारी यु – १८ साफ फुटबल च्याम्पियनसिप अन्तर्गत अहिले आयोजक नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानको सामना गरिरहेको अवस्था छ ।
हलचोकस्थित एपीएफ फुटबल मैदानमा जारी खेलमा पहिलो हाफको समाप्तिसम्म नेपाल १-० ले पछाडि परेको छ ।
खेलको ३६ औं मिनेटमा भुटानले गोल गर्दै नेपाल् विरुद्ध अग्रता बनाएको गरेछ ।
सेमिफाइनल पुग्न जित्नै पर्ने दबाबमा रहेको नेपालले पहिलो हाफमा गोल गर्ने केहि मौका प्राप्त गरेपनी सदुपयोग गर्न नसक्दा टिम १-० ले पछाडि परेको छ ।