रोनाल्डोको  निर्णायक गोलमा युभेन्ट्स विजयी

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स विजयी

असोज ५ , अनलाइन खेलखवर || इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले हेलास भेरोनालाई पराजित गरेको छ ।

शनिबार राती युभेन्टसको घरेलु मैदानमा भएको खेलमा खेलमा हेलास भेरोनामाथि कठिन जित निकाल्ने क्रममा युभेन्ट्सले हेलासलाई २-१ ले पराजित गरेको हो ।

युभेन्टसलाई महत्वपूर्ण जित दिलाउँन स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए ।

खेलको २०औं मिनेटमा हेलास भेरोनाले पहिलो गोल गर्दै अग्रता बनाएको थियो । भेरोनाका लागि मिगुएल भेलेसोले गोल गरेका थिए ।

त्यसपछि १-० को पछाडी परेको युभेन्टसले खेलको ३१ औं मिनेटमा बराबरी गोल फर्कायो । बराबरी गोल आरोन राम्सीले गरेका थिए ।

त्यसपछि खेलको ४९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गरे । जुन गोल युभेन्ट्सलाई जित दिलाउन प्रयाप्त बन्यो ।

यो जितसँगै युभेन्ट्स जारी लिगमा ४ खेलबाट् ३ मा जित र १ मा हार ब्यहोर्दै १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । भने यता हेलास भेरोना १२ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *