onlinekhelkhabar.com

Complete website for Nepali Sports News

२३ फोटोमा हेर्नुस नेपाल र माल्दिभ्सबीचको खेल

असोज ३ , अनलाइन खेलखबर ।। काठमाडौमा जारी यु – १८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र माल्दिभ्सले बराबरी खेलेका छ्न ।

हलचोकस्थित एपीएफ मैदानमा आज भएको उद्घाटन खेलमा साबिकको विजेता समेत रहेको नेपाल र माल्दिभ्सबीचको खेल १-१ को बराबरीमा सकिएको थियो ।

खेलमा नेपालबिरुद्द पहिलो हाफमा माल्दिभ्सले १-० को अग्रता बनाईसकेको थियो । खेलको १३ औं मिनेटमा माल्दिभ्सले पेनाल्टीमार्फत गोल गरेको थियो ।

पहिलो हाफमा १-० ले पछि परेको नेपालले खेलको ७५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो ।

नेपालका लागि बराबरी गोल मनिश डाँगीले गरेका थिए । त्यसपछि बाकी समयमा कुनै टिमबाट गोल हुन नसकेपछी अन्ततः खेल बराबरीमा सकियो ।

अब नेपालले समूहको दोस्रो खेलमा आईतवार भुटानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछी हलचोक स्थित एपीएफ फुटबल मैदानमा हुनेछ ।

अब हेर्नुस आजका केही फोटोहरु

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *