यु – १८ साफ : नेपाल १-० ले पछाडी
असोज ३ , अनलाइन खेलखबर || यु – १८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत अहिले आयोजक नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग भिडिरहेको छ ।
हलचोकस्थित एपीएफ मैदानमा पारी खेलमा नेपालबिरुद्द पहिलो हाफमा माल्दिभ्सले १ गोल गर्दै पहिलो हाफको समाप्तिमा १-० को अग्रता बनाईसकेको छ ।
खेलको १३ औं मिनेटमा माल्दिभ्सले पेनाल्टीमार्फत अग्रता बनाएको थियो ।
१-० को पछाडी परेपनी खेलमा नेपालले फर्किने कोसिस भने गर्दै गरेको छ । बीचमा केही सुनौलो मौका प्राप्त गरेको भएपनि नेपालले सदुपयोग गर्न भने असफल भयो ।
घरेलु दर्शकको राम्रो साथ रहेको नेपालले दोस्रो हाफमा राम्रो कमब्याक गर्न सक्ने आकंलन गरिएको छ ।