साफ यु – १८ फुटबल च्याम्पियनसिप आजबाट सुरु : उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग भिड्ने

साफ यु – १८ फुटबल च्याम्पियनसिप आजबाट सुरु : उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग भिड्ने

असोज ३ , अनलाइन खेलखबर । आज शुक्रबार देखि काठमाडौमा सुरु हुन गईरहेको साफ यु – १८ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ ।

दिउँसो ३ बजेपछी एपीएफको हलचोक मैदानमा हुने खेलमा साविकको विजेता समेत रहेको नेपाल स्पष्ट जितको खोजिमा रहने छ ।

यसपटकको संस्करणमा पनि नेपाल उपाधि उचाल्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको छ । जसलाई बिहीवार प्रतियोगिताको पुर्वसन्धामा भएको पत्रकार सम्मेलनमा पनि टिमका प्रशिक्षक चेत नारायण श्रेष्ठले सोही कुरालाई दोराएका थिए ।

प्रतियोगिता सुरु हुनुभन्दा अघि बिहीवार भएको पत्रकार सम्मेलनका क्रममा सबै टिमले उपाधि उचाल्ने रहेको बताएका थिए ।

कुल ६ टिमको सहभागी रहने यस प्रतियोगितामा नेपाललाई समूह चरणमा केही सहज पक्कै देखिएको छ ।

नेपाल समूह “ ए ” मा रहेको छ जसमा आयोजक नेपालसहित भुटान र माल्दिभ्स रहेका छ्न । भने अर्को समूह “ बि ” मा भारत , बङ्लादेश र श्रीलंका रहेका छ्न ।

यसपछि भने समूह चरणबाट दुई टिम समूह विजेता र उप – विजेता सेमिफाइनल पुग्नेछ्न । भने प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल १२ गते हुनेछ ।

नेपाली टोली

गोलकिपरः विशाल सुनार, सूर्य अधिकारी र पुजन होना 
डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोसन दोङ, अलिक रुम्बा, अन्जल महर्जन 
मिडफिल्डर : जय गुरुङ(कप्तान), नितिन थापा(उपकप्तान), सिसिर लेखि,रोसन राना मगर, आकाश बुढामगर, मनिष थापा, कुशल फुयाल
स्टाईकरः मनिष डाँगी, ब्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने र दर्शन गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *