भोलिबाट नेपालमा साफ यु – १८ फुटबल च्याम्पियनसिप हुँदै : नेपालको लक्ष्य उपाधिमा  ह्‍याट्रिक गर्ने

भोलिबाट नेपालमा साफ यु – १८ फुटबल च्याम्पियनसिप हुँदै : नेपालको लक्ष्य उपाधिमा ह्‍याट्रिक गर्ने

काठमाडौं, १ असोज । असोज ३ अर्थात भोलि शुक्रबार देखि १२ गतेसम्म काठमाडौमा साफ यु – १८ फुटबल च्याम्पियनसिप हुँदैछ ।

कुल ६ टिमको सहभागिता रहेको प्रतियोगितालाई दुई समूहमा बिभाजन गरि प्रतियोगिता सन्चालन गरिने छ ।

जसअन्तर्गत पहिलो “ ए ” समूहमा आयोजक नेपालसहित भुटान र माल्दिभ्स रहेका छ्न भने अर्को समूह “ बि ” मा भारत , बङ्लादेश र श्रीलंका रहेका छ्न ।

यसपछि भने समूह चरणबाट दुई टिम समूह विजेता र उप – विजेता सेमिफाइनल पुग्नेछ्न ।

साफ यु – १८ का यसअघिका दुई संस्करणको उपाधि उचालेको नेपालले यसपटक पनि उपाधि उचाल्ने रणनीतिमा रहेको छ ।

उपाधिमा ह्‍याट्रिक गर्ने दाउमा रहेको नेपालले भोलिनै उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल हलचोकस्थित एपीएफ मैदानमा दिउँसो ३ बजेपछी हुनेछ ।

खेलतालिका

नेपाली टोली 

गोलकिपरः विशाल सुनार, सूर्य अधिकारी र पुजन होना 

डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोसन दोङ, अलिक रुम्बा, अन्जल महर्जन 

मिडफिल्डर : जय गुरुङ(कप्तान), नितिन थापा(उपकप्तान), सिसिर लेखि,रोसन राना मगर, आकाश बुढामगर, मनिष थापा, कुशल फुयाल

स्टाईकरः मनिष डाँगी, ब्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने र दर्शन गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *