onlinekhelkhabar.com

Complete website for Nepali Sports News

उप – विजेता नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

भदौ २७ , अनलाइन खेलखबर || किर्गीस्तानमा भएको नादेझ्दा कप फुटबल प्रतियोगिताको उप – विजेता नेपाली टोली आज बेलुका स्वदेश फर्किएको छ ।

निकै राम्रो प्रदंशनका बाबुजुत नेपाल बिहीबार भएको प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उज्वेकिस्तानसँग ३-२ को अन्तरले पराजित हुँदै उप – विजेतामा चित्त बुझाएको थियो ।

आठौ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको नेपालको यसपटक पनि उपाधि उचाल्ने धोको पूरा नभएपनि नेपालले बलियो टोली उज्वेकिस्तानविरुद्ध नेपालको प्रदंशन निकै तारिफयोग्य रहेको थियो ।

किर्गीस्तानस्थित काराकोलस्थित सेन्ट्रल रंगशालामा भएको खेलमा फाइनल खेलमा नेपालको तर्फबाट दुबै गोल साबित्रा भण्डारी गरेकी थिईन । यो सँगै प्रतियोगितामा कुल ७ गोल गरेकी साबित्राले प्रतियोगिताको सर्बाधिक गोलकर्ताको उपाधि आत्मसात गरेकी थिईन ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको थियो ।

भने दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित हुन् पुग्यो । भने तेस्रो खेलमा ताजकिस्तानलाई १–० ले पराजित गर्दै नेपालले फाईनल यात्रा तय गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *