नेपाली स्ट्राइकर सावित्रा भण्डारीलाई सर्वाधिक गोलकर्ताको उपाधि
भदौ २६ , अनलाइन खेलखबर || कीर्गिस्तानमा भएको नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा नेपाली स्ट्राइकर सावित्रा भण्डारीले सर्वाधिक गोलकर्ताको उपाधि हात पारेकी छिन ।
प्रतियोगिता भर कुल ७ गोल गरेकी साबित्राले पहिलो खेलमा कीर्गिस्तालाई ८-२ ले हराउँदा उनले ४ गोल गरेकी थिईन । भने तेस्रो खेलमा तुर्कीमिनिस्तानलाई हराउने क्रममा उनको एक मात्र गोल निर्णायक बनेको थियो ।
उनले गरेको त्यो एक गोलले नेपाल प्रतियोगितामा फाइनल पुगेको थियो । तर आज बिहिवार भएको फाइनलमा भने नेपाल उज्वेकिस्तानसँग रोमाञ्चक बनेको खेलमा ३-२ ले पराजित हुन पुगेको थियो ।
आज सम्पन्न फाइनलमा नेपालले गरेको दुई गोल साबित्राले नै गरेकी थिईन । यसरी प्रतियोगितामा उत्कृष्ट प्रदशन गर्दै उनले सर्बाधिक गोलकर्ताको उपाधि हात पार्न सफल भईन ।
यता योसगैँ महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीमा साबित्राले अनु लामासगँ बराबरी गरेकी छिन । अब अनु र साबित्राको बराबर ३५/३५ गोल रहेको छ ।