फिफा विश्वकप छ्नोटको दोस्रो खेलमा नेपाल विजयी
भदौ २४ , अनलाइन खेलखबर || सन २०२२ मा एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपको छ्नोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज चाइनिज ताइपेलाई २-० ले पराजित गर्न सफल भएको छ ।
केहिदिन अघि मात्र छ्नोटको पहिलो खेलमा कुबेतसँग उसैको मैदानमा ७-० ले पराजित भएर आलोचित बन्न पुगेको नेपाली टोलीलाई यो नतिजाले निकै राहत प्रदान गरेको छ ।
चाइनिज ताइपेको घरेलु मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा १ र दोस्रो हाफमा पनि एक गोल गरेको थियो । दुबै गोल नेपालका अन्जन बिष्टले गरेका थिए ।
अन्जनले पहिलो गोल खेलको तेस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्न सफल भएका थिए ।
पहिलो हाफमा १-० ले अगाडी रहेको नेपालले दोस्रो हाफको ६२ औं मिनेटमा थप अर्को गोल गर्न सफल भयो । दोस्रो गोल पनि अन्जनले नै गरेका थिए ।
त्यसपछिको समयमा कुनै टिमबाट गोल हुन सकेन र खेल नेपालले आफ्नो पक्षमा २-० ले पार्न सफल भयो ।