onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लामो विवाद र अन्योल का बिच एन्फाको साधारणसभा सप्पन्न : अध्यक्ष मा कर्मा छिरिङ शेर्पा निर्बाचित

बैशाख २२ , अनलाईन खेलखबर || लामो विवाद र अन्योल का बिच अन्त्तत अखिल नेपाल फुटबल संघ (एन्फा) को १६औँ एन्फा कंग्रेस साधारण सभा आज ललितपुर मा सम्पन्न भएको छ । जसबाट नयाँ कार्यसमिति निर्वाचन बाट पहिलो पटक छ्नोट समेत गरिएको छ । निर्वाचन बाट अध्यक्ष का लागि कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन्।

एन्फा को निर्बाचित नयाँ कार्यसमिति

काङ्ग्रेस समर्थित निर्बाचित नयाँ अध्यक्ष शेर्पा ले कुल ७७ मतदाता बाट ६३ मत प्राप्त गरेर बिजयी भएका हुन । भने एक जना ले मतदान गरेनन ।

यसै बिच मा पुरै शेर्पा प्यानल बिजयि भएको अबस्थामा उपाध्यक्षमा पंकज विक्रम नेम्बाङ , वीरबहादुर खड्का , उपेन्द्रमान सिँह र कृष्णबहादुर थापा निर्बाचित भए ।

यस्तै सदस्यमा २९ जनाले उम्मेदवारी दिएको मा निरोज खडकी ,दावा लामा, मधुसुदन उपाध्याय , पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, प्रदेशसिंह रठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, रत्न बहादुर श्रेष्ठ र बिजयि घले विजयी भएका छ्न ।

फोटो – नेप्लेज

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *