onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गोलको वर्षा भएको खेलमा आयोजक किर्गीस्तानमाथि नेपालको शानदार जीत

भदौ २२ , अनलाइन खेलखबर || किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा ८-२ ले निराश बनाउन सफल भएको छ ।

फोटो : एन्फा

आज आइतबार काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालकि सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल एक्लैले गरेपछी नेपालले प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

यस्तै टिमका लागि अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले समान १/१ गोल गर्न सफल भएका थिए ।

अब नेपालले प्रतियोगितामा भोली सोमबार उज्वेकिस्तानसँग खेल्नेछ भने मंगलबार ताजिकिस्तानसँग प्रतिष्पर्दा गर्नेछ ।

४ टिमको सह्भागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले बिहिवार फाइनलमा उपाधिका लागि भिड्ने छ्न ।

प्रतिक्रिया दिनुहोस्