विश्वकप छ्नोटको पहिलो खेलमै नेपालको लज्जास्पद हार
भदौ २० , अनलाइन खेलखबर || सन २०२२ मा एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपको छ्नोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुबेतसँग ७-० ले पराजित हुन पुगेको छ ।
गएराती भएको कुबेतस्थित जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा भएको खेलमा नेपालमाथि कुबेतले गोलको वर्षानै गर्यो र नेपाललाई छ्नोटको पहिलो खेलमानै लज्जास्पद हार ब्यहोर्न बाध्य भयो ।
कुबेतविरुद्ध नेपाल पहिलो हाफमा २-० ले पछाडी परेको थियो । त्यसपछि भने बलियो कुबेतले नेपालमाथि दोस्रो हाफमा झन आक्रमक शैलीमा प्रस्तुत हुने क्रममा थप ५ गोल गरेपछी नेपालले फराकिलो हार चाख्न पुग्यो ।
खेलमा खेलको छठौ मिनेटमा कुबेतका नासिरले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको १४ औं मिनेटमा कुबेतले अर्को गोल गर्दै अग्रता २-० को बनाएको थियो । टिमका लागि दोस्रो गोल अल हाजेरीले गरेका थिए ।
पहिलो हाफमा २-० ले अग्रता बनाएको कुबेतले दोस्रो हाफमा अझ राम्रो खेल प्रस्तुत गर्दै गोल गर्दै गयो । जसमा ५ गोल दोस्रो हाफमा कुबेतले गर्न सफल भयो ।
खेलको ५१ औं मिनेटमा नासिरले गोल गर्दै अग्रता ३-० ले बनाए । उनको खेलमा ब्यक्तिगत दोस्रो गोल समेत रहेको थियो ।
त्यसपछि ५९ औं मिनेटमा अब्दुलाह ,८६ औं मिनेटमा अल मुट्वाले गोल गर्दै टिमले अग्रता ५-० को बनायो ।
कुबेत यतिमा मात्र चित्त बुझाएन खेलको ईन्जुरी समयमा थप २ गोल गर्दै समग्रमा नेपालमाथि ७-० को जित हासिल गर्न सफल भयो । ईन्जुरी समयमा हानि र मोसावीले गोल गरेका थिए ।
अब विश्वकप छ्नोटमा खराब सुरुवात गरेको नेपालले भदौ २४ गते आफ्नो दोस्रो खेल अन्तर्गत चाईनिज ताईपेसँग उसैको घरेलु मैदानमा प्रतिष्पर्दा गर्नेछ ।