onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लिटल एन्जल्सले उचाल्यो अन्तर स्कुल फुटबलको उपाधि

भदौ १९ , अनलाइन खेलखबर || पाँचौ सुशील केडिया मेमोरियल अन्तर स्कुल फुटबल प्रतियोगिताको उपाधि लिटल एन्जल्स स्कुलले उचालेको छ ।

आज बिहिवार डीएभी स्कुलको खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा लिटल एन्जल्सले नेपाल पुलिस स्कुललाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।

लिटल एन्जल्सलाई च्याम्पियन बनाउनका लागि सुशान्त गुरुङ र मुनाल थापाले १-१ गोल गरेका थिए । यस्तै नेपाल पुलिस स्कुलका समिर बमले सान्त्वना एक गोल फर्काएका थिए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता अक्सिडेन्टल पब्लिक स्कुलका संकेत पराजुली रहे उनले कुल ५ गोल गरेका थिए ।

यस्तै प्रतियोगिताकै उत्कृष्ट गोलकिपर लिटल एन्जल्सका आयुष आनन्द तथा उदायमान खेलाडी नेपाल पुलिस स्कुलका समिर बम घोषित हुन सफल भए भने एडीफाई इन्टरनेसनल स्कुलले फेयर प्ले अवार्ड प्राप्त गर्न सफल भयो ।

३ दिन सम्म चलेको प्रतियोगितामा उपत्यकाका कुल १७ टोलिको सहभागिता रहेको थियो।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *