फिफा विश्वकप छ्नोट : आज नेपालले पहिलो खेलमा कुबेतसँग भिड्दै

फिफा विश्वकप छ्नोट : आज नेपालले पहिलो खेलमा कुबेतसँग भिड्दै

भदौ १९ , अनलाइन खेलखबर || सन २०२२ मा एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपको छ्नोट प्रतियोगिताको दोस्रो चरणमा आज नेपालले कुबेतको सामना गर्दैछ ।

नेपालभन्दा बलियो मानिने कुबेत र नेपालबीचको खेल आज कुबेतको घरेलु मैदानमा राती पौने ११ बजेपछी सुरु हुनेछ ।

छ्नोटको पहिलो खेल खेल्न लागेको नेपाल आज कुबेतसँगको खेल गुमाउन चाहँदैन , त्यसैले नेपालसोही अनुसार सोही रणनितिका साथ मैदान उत्रिने छ ।

हेड टु हेडमा पनि नेपालले कुबेतमाथी जित निकाल्न सकेको छैन , ६ पटक भेट् हुँदा नेपाल ५ खेलमा पराजित र एक खेलमा बराबरीमा रोक्न सफल भएको थियो ।

यता कुबेत भने घरेलु दर्शकमाझ नेपालबिरुद्ध स्पष्ट जितको खोजीमा रहदै छ्नोटमा राम्रो सुरुवात गर्न चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *