onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दशरथ रंगशालाको स्तरोन्नतीको कामले ब्यापक पाउँदै

भदौ १७ , अनलाइन खेलखबर || २०७२ सालको महाभूकम्पले क्षति पुर्याएको नेपालको एकमात्र रंगशाला दशरथ रंगशालाको पूर्णनिर्माणको काम अहिले तिब्र गतिमा हुँदै आएको छ ।

आउदो मंसिर १५ देखि २४ गतेसम्म नेपालले आयोजना गर्ने दक्षिण एसियाली खेलकुदको मिति नजिकिदै गर्दा प्रतियोगिताको मुख्यस्थल दशरथ रंगशालाको स्तरोन्नतीको कामले अहिले ब्यापक पाएको छ ।

जसका लागि सोमबार राष्टिय खेलकुद परिषद ( राखेप ) का सदस्य सचिव रमेश सिलवाल स्वयम् आफैले मैदानको बारेमा स्थलगत जानकारी र रंगशालाको बस्तुस्थिति बुझेका थिए ।

अहिले रंगशालालाई चिनले पूर्णनिर्माण गरिरहेको छ भने अबको केहि समयपछि काम सकाएर नेपाललाई सुम्पने कार्यविधिका साथ काम भईरहेको छ ।

रंगशाला पूर्ण रुपमा तयार नभईसकेको हुँदा नेपालले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो छनोटको होम भन्दा पहिले अवे खेल खेल्नु पर्यो जसका लागि नेपाली फुटबल टोली अहिले कुबेतमा रहेको छ ।

यता सागतर्फ प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रमका साथै फुटबल र एथलेटिक्सका खेलहरु यहि दशरथ रंगशालामा हुँने हुँदा अहिले सबैको नजर दशरथ रंगशालामानै रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *