उप – विजेता नेपाली टोली स्वदेश फिर्ता
भदौ १५ , अनलाइन खेलखबर ||भारत कल्याणीमा भएको पाचौं संस्करणको यू–१५ पुरुष साफ च्याम्पियनसिपको उप -विजेता बनेको नेपाली टोली आज स्वदेश फर्किएको छ ।
५ टिमको सहभागिता रहेको प्रतियोगितामा लिगको शिर्षस्थानमा रह्दै नेपाल र भारत फाइनल प्रबेश गरेका थिए ।
शनिबार भएको फाइनलमा भारतले नेपालमाथी ७-० को फराकिलो जित हासिल गर्दा नेपाली उपाधि उचाल्नबाट तेस्रोपटक चुकेको थियो ।
यता भारतले भने तेस्रोपटक उपाधि उचाल्न सफल भएको थियो । नेपालले लिगचरणमा पनि भारतसँग ५-० ले पराजित हुन पुगेको थियो ।
तर त्यसपछिका खेलमा नेपालले श्रीलंकालाई २-० ले पराजित गरेको थियो । यस्तै बङ्लादेशलाई ४-१ ले र भुटानलाई ६-० ले पराजित गरेको थियो ।