साफको उप – विजेता नेपाली जुनियर टिम आज स्वदेश फिर्ता हुँदै

साफको उप – विजेता नेपाली जुनियर टिम आज स्वदेश फिर्ता हुँदै

भदौ १५ ,अनलाइन खेलखबर|| भारत कल्याणीमा भएको पाचौं संस्करणको यू–१५ पुरुष साफ च्याम्पियनसिपको उप -विजेता बनेको नेपाली टोली आज स्वदेश फर्किदै छ ।

नेपाली जुनियर टोली आज आईतवार दिउँसो साढे ३ बजे स्वदेश स्वदेश कार्यक्रम रहेको छ ।

५ टिमको सहभागिता रहेको प्रतियोगितामा लिगको शिर्षस्थानमा रह्दै नेपाल र भारत फाइनल प्रबेश गरेका थिए ।

शनिबार भएको फाइनलमा भारतले नेपालमाथी ७-० को फराकिलो जित हासिल गर्दा नेपाली उपाधि उचाल्नबाट तेस्रोपटक चुकेको थियो ।

यता भारतले भने तेस्रोपटक उपाधि उचाल्न सफल भएको थियो । नेपालले लिगचरणमा पनि भारतसँग ५-० ले पराजित हुन पुगेको थियो ।

तर त्यसपछिका खेलमा नेपालले श्रीलंकालाई २-० ले पराजित गरेको थियो । यस्तै बङ्लादेशलाई ४-१ ले र भुटानलाई ६-० ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *