onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विश्वकप छ्नोट खेल्न नेपाली फुटबल टोली कुवेत प्रस्थान

भदौ १५ , अनलाइन खेलखबर || सन् २०२२ मा एसियायी मुलुक कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छ्नोट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कुवेत प्रस्थान गरेको छ ।

छ्नोटको तालिका अनुसार नेपालले छ्नोट प्रतियोगिताको सुरुवात घरेलु मैदानमा गर्ने तालिका भएतापनि नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला पुर्ण रुपमा तयार नभसकेको अबस्थामा नेपालले अवे खेलका लागि कुवेत गरेको हो ।

होम एण्ड अवेमा हुने छ्नोट खेलमा कुबेतको सामना नेपालले भदौ १९ गते गर्नेछ ।त्यसपछि नेपालले लगत्तै भदौ २४ गते चाइनिज ताइपेसँग उसैको मैदानमा उत्रिने छ ।

नियमित बिराज महर्जन बिनानै घोषणा भएको नेपाली २३ सदस्यीय टोलीको नेतृत्व कस्ले गर्ने अझै टुङ्गो भएको छैन तर टिममा अनुभवी खेलाडीहरु पनि हुँदा उनिमध्य एकले टिमको कप्तानी गर्नेछ्न ।

विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणमा नेपाल समूह “बी ” मा रहेको छ । जहाँ नेपाल सहित अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन ।

फिफा बरियतामा एसियाबाट ३४ औँ स्थानमा रहने टिमलाई यसपटक सिधै दोस्रो चरणको छनोट खेलाउँन लागिएको हो ।

जसमा नेपाल पनि समाबेश हुँन सफल भएको हो । एसिया छनोटमा कुल ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहमा ५ टिम रहेका छन ।

खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवेको आधारमा खेलाईने छ । यसको अर्ध एक टिमसँग दुई खेल हुँनेछ ।

एउटा घर मा र अर्को बिपक्षीको घरमा सामना गर्नुपर्नेछ । हाल नेपालमा दशरथ रंगशाला बन्ने क्रमको अन्तिम चरणमा रहेको हुँदा सुरुवाती घरमा खेक्न बाट बन्चित भएको छ ।

यसरी खेल खेलिसकेपछि समूहको शिर्षस्थानमा रहने टिम विश्वकपको तेस्रो छनोटका लागि छानिने छन ।

भने समूहका ४ यस्ता उत्कृष्ट टिम जसले छनोटमा राम्रो प्रदर्शन गरेका थिए ति टिमले पनि तेस्रो चरणको छनोटमा स्थान बनाउने छन ।

यसैलाई आधार मानेर सन् २०२३ मा हुने एएफसी एसियन कपका लागि पनि छनोट गरिने छ ।

अन्तिम छनोटमा कुल १२ टिमको सहभागिता रहने छ । जसमा १२ टिमलाई २ समूहमा विभाजन गरि प्रतियोगिता खेलाईने छ ।

यसबाट दुवै समूहका शीर्ष दुई टिम कुल ४ टिम विश्वकपमा छनोट हुनेछन ।भने दुवै समूहमा तेस्रो हुने टिमलाई एउटा सुनौलो मौका हुँनेछ । जसले प्ले अफ खेल्न पाउने छ ।

प्ले अफ विजेता टिम अन्तरमहादेशिय प्लेअफमा पुग्नेछ। यसबाट अन्तरमहादेशिय खेल जित्ने टिम पनि कतार विश्वकपमा स्थान पक्का गर्न सफल हुँनेछ ।

नेपाली टोली

गोलकिपर – किरण चेम्जोङ , विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर – सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर – रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *