onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल तेस्रोपटक असफल : जुनियर साफको उपाधि भारतले तेस्रोपटक उचाल्यो

भदौ १४ , अनलाइन खेलखबर || आयोजक भारतले पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको उपाधि उचालेको छ ।

तेस्रोपटक उपाधि उचाल्ने क्रममा आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ७-० को विशाल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

भारतको कल्याणीमा भएको खेलमा नेपालमाथी शानदार जित हासिल गर्ने क्रममा भारतले खेलको १५ औं मिनेटमा नेपालमाथि पहिलो गोल गर्दै अग्रता बनाएको थियो ।

भने पहिलो हाफको ४२ औं मिनेटमा भारतले अर्को गोल गर्दै अग्रता २-० को बनाएको थियो र पहिलो हाफको अतिरिक्त समयमा भारतले थप एक गोल गर्दै पहिलो हाफको सम्पातिमा भारतले खेललाई ३-० को अग्रता बनाएको थियो ।

पहिलो हाफ ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि थप ४ गोल खादैं ठूलो अन्तरले पराजित हुन पुग्यो ।

निकै खराब प्रद्सन गरेको नेपाल यो सँगै तेस्रोपटक उपाधि उचाल्ने सपनाबाट अझै टाढानै रह्यो ।

यसअघि लिग चरणमा भेट हुँंदा नेपाल भारतसँग ५-० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्