onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यु – १५ साफ फाइनल : नेपाल ३-० ले पछाडी

भदौ १४ , अनलाइन खेलखबर || भारतको कल्याणी खेल मैदानमा अहिले जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाल ३-० ले पछाडी परेको छ ।

खेलको १५ औं मिनेटमा भारतले नेपालमाथि पहिलो गोल गर्दै अग्रता बनाएको थियो । भने पहिलो हाफको ४२ औं मिनेटमा भारतले थप एक गोल गर्दै अग्रता २-० को बनाएको थियो र अतिरिक्त समयमा भारतले १ गोल फेरि गर्न सफल भयो ।

प्रतिस्पर्धात्मक बन्ने प्रयासमा रहेको खेलमा ३-० को अग्रतापछि नेपालले खेलमा फर्किन निरन्तर प्रयास गरिरहेको थियो ।

यसअघि लिग चरणमा भेट हुँंदा नेपाल भारतसँग ५-० ले पराजित भएको थियो । तर नेपाल आज भने निकै आक्रमक शैलीमा प्रस्तुत भईरहेको अबस्था भने छ ।

तेस्रो पटक फाइनल पुगेको नेपाल पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको छ भने भारत भने तेस्रोपटक उपाधि उचाल्ने करिव नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्