
यु – १५ साफको फाइनलमा नेपाल र भारत भिड्ने
भदौ १२ , अनलाइन खेलखबर ।। भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको फाइनलमा आयोजक भारत र नेपाल भिड्ने भएका छ्न ।
बिहीवार लिगको अन्तिम खेलमा साविकको विजेता समेत रहेको बङ्लादेशलाई ४-० ले पराजित गर्दै भारत अंकतालिकाको पहिलो स्थानमा रहँदै प्रतियोगिताको फाइनल प्रबेश गरेको हो ।
भने नेपालले आजनै भुटानमाथी ६-० ले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।
यसअघि २ पटक प्रतियोगिताको उपाधि उचालिसकेको भारत तेस्रोपटक उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रिदा नेपाल भने पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य सहित मैदानमा उत्रिने छ ।
स्मरणीय रहोस लिगमा भेट हुँदा भारतले नेपाललाई ५-०ले निराश बनाएको थियो । यसपछि भने नेपालले श्रीलंका , बङ्लादेश र भुटानलाई हराउँदै फाइनल सम्मको यात्रा तय गर्न सफल भएको हो ।
यसअर्थमा लिगको बदलासहित पहिलो पटक उपाधि आफ्नो नाममा लेखाउन नेपाल शनिबार हुने फाइनलमा भारतबिरुद्द मैदानमा पक्कै उत्रिने छ ।