विश्वकप छ्नोटका लागि नेपाली फुटबल टोलीको घोषणा : नियमित कप्तान बिराज बाहिरै

विश्वकप छ्नोटका लागि नेपाली फुटबल टोलीको घोषणा : नियमित कप्तान बिराज बाहिरै

भदौ १२ , अनलाइन खेलखबर || सन २०२२ मा एसियायी राष्ट्र कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छ्नोट अन्तर्गतको कुवेत र चाइनिज ताइपेसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा आज गरिएको छ ।

बिहिवार अखिल नेपाल फुटबल संघ ( एन्फा ) ले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

छ्नोट खेलको सुरुवाती खेलमा नेपालले कुबेतसँग भदौ १९ गते र भदौ २४ गते चाईनिज ताईपेसँग उनिहरुकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

टोलीमा नियमित कप्तान बिराज महर्जन टिममा स्थान बनाउन सकेनन यसअघि केहिदिन अघि मात्रै मलेसियन क्लबसँगको मैत्रीपुर्ण खेलमा पनि उनि टिममा समाबेश भएका थिएनन ।

विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणमा नेपाल समूह ” बी ” मा रहेको छ । जहाँ नेपाल सहित अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन ।

फिफा बरियतामा एसियाबाट ३४ औँ स्थानमा रहने टिमलाई यसपटक सिधै दोस्रो चरणको छनोट खेलाउँन लागिएको हो ।

जसमा नेपाल पनि समाबेश हुँन सफल भएको हो । एसिया छनोटमा कुल ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहमा ५ टिम रहेका छन ।

खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवेको आधारमा खेलाईने छ । यसको अर्ध एक टिमसँग दुई खेल हुँनेछ । एउटा घर मा र अर्को बिपक्षीको घरमा सामना गर्नुपर्नेछ ।

हाल नेपालमा दशरथ रंगशाला बन्ने क्रमको अन्तिम चरणमा रहेको हुँदा सुरुवाती घरमा खेक्न बाट बन्चित भएको छ ।

यसरी खेल खेलिसकेपछि समूहको शिर्षस्थानमा रहने टिम विश्वकपको तेस्रो छनोटका लागि छानिने छन ।

भने समूहका ४ यस्ता उत्कृष्ट टिम जसले छनोटमा राम्रो प्रदर्शन गरेका थिए ति टिमले पनि तेस्रो चरणको छनोटमा स्थान बनाउने छन ।
यसैलाई आधार मानेर सन् २०२३ मा हुने एएफसी एसियन कपका लागि पनि छनोट गरिने छ ।

अन्तिम छनोटमा कुल १२ टिमको सहभागिता रहने छ । जसमा १२ टिमलाई २ समूहमा विभाजन गरि प्रतियोगिता खेलाईने छ ।

यसबाट दुवै समूहका शीर्ष दुई टिम कुल ४ टिम विश्वकपमा छनोट हुनेछन ।

भने दुवै समूहमा तेस्रो हुने टिमलाई एउटा सुनौलो मौका हुँनेछ । जसले प्ले अफ खेल्न पाउने छ । प्ले अफ विजेता टिम अन्तरमहादेशिय प्लेअफमा पुग्नेछ। यसबाट अन्तरमहादेशिय खेल जित्ने टिम पनि कतार विश्वकपमा स्थान पक्का गर्न सफल हुँनेछ ।

नेपाली टोली अब कुबेतसँगको छ्नोट खेल खेल्न आउँदो आईतवार प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ 

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल 

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई 

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *