onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालले आज भुटानको सामना गर्दै : जिते लगभग फाइनल पक्का

भदौ १२ , अनलाइन खेलखबर ।। भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज लिगको अन्तिम खेलमा भुटानको सामना गर्दैछ ।

मंगलबार साविकको विजेतासमेत रहेको बलियो टोली बङ्लादेशलाई ४-१ ले पराजित गरेसँगै नेपाल अहिले ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

भने बङ्लादेश पनि समान अंकभएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको हुँदा नेपालले आज दिउँसो सवा १२ बजेपछी हुनेखेलमा भुटानलाई पराजित गरेको खण्डमा नेपाल फाइनल प्रबेश गर्नेछ ।

यदि आजनै हुने बङ्लादेश र भारतबीचको खेल बङलादेशले भारतलाई ठूलो अन्तरले पराजित गरेको खण्डमा भने बङलादेश प्रवेश गर्नेछ जुन कुराको सम्भावना निकै कम छ । बलियो भारतबिरुद्ध बङ्लादेशलाई त्यति सहज पक्कै हुनेछैन ।

यसअर्थमा नेपालको फाइनल पुग्ने सम्भावना निकै बलियो रहेको छ । भुटानबिरुद्द नेपालले जित्ने मात्र होईन निकै राम्रो प्रदशन गर्ने बिश्वास लिईएको छ ।

जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको थियो भने यसपछि लयमा फर्किने क्रममा नेपालले श्रीलंकालाई २-० ले र अघिल्लो खेलमा बङलादेशलाई ४-१ ले पराजित गरिसकेको अवस्था छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *