टिम लयमा फर्किदै ! यु १५ साफमा नेपालको दोस्रो जित : बलियो बंगलादेश पराजित
भदौ १० , अनलाइन खेलखबर || भारतमा जारी ५ औँ सस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा साबिकको विजेता समेत रहेको बंगलादेशलाई पराजित गरेको छ ।
फाइनल पुग्ने लक्ष्य सहित भारत पुगेको नेपालले यसअघि पहिलो खेलमा ५-० ले पराजित हुँदा दोस्रो खेलमा श्रीलकालाई २-० ले पराजित गरेपछि प्रतियोगितामा रही रहन आजको खेल नेपालले जित्नै पर्ने दबाब थियो । यस्तोमा नेपालले बंगलादेशलाई आज ४ -१ ले पराजित गरेसगै फाइनल यात्रा नजिक पुगेको छ ।
आज भारतको कल्यानीमा भएको खेलमा नेपालले पहिलो हाफमै अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यतिर नेपालका कृष्ण अधिकारी यादबले गोल गर्दै नेपाललाई १-० को अग्रता दिएका थिए ।
पहिलो हाफ १-० मा सकिएको खेलमा नेपाल दोस्रो हाफमा थप ससक्त प्रस्तुत हुने क्रममा थप ३ गोल थप्यो । खेलको ५२ औ मिनेटमा नेपालले थप एक गोल थप्यो । उक्त गोल सुगनले गरेका थिए ।
२-० ले पछाडी परेको अबस्थामा बंगलादेशले ७९ औ मिनेटमा गोल गर्दै खेलमा फर्किने कोशिस गरेको भएतापनि नेपालले ८३ औ मिनेटमा प्रदिप लम्साल र ८८ औँमिनेटमा कृष्ण अधिकारी यादबले गोल गर्दै बंगलादेशलाई निराश बनाए ।
अब नेपालले बिहिबार भुटानको सामना गर्नेछ । भने सोहीदिन बंगलादेशले भारतसँग खेल्न बाकि रहेको छ ।
प्रतियोगितामा नेपालसहित भारत , बंगलादेश , श्रीलंका र भुटान रहेका छन् ।राउण्ड रोविनको आधारमा संचालन भईरहेको प्रतियोगिताको अंकतालिकामा शिर्षस्थान रहने दुई टिमले फाइनल खेल्नेछ ।