आज नेपालले मैत्रीपूर्ण खेलमा मलेसियन च्याम्पियन क्लबसँग भिड्ने
सन् २०२२ मा एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्टिय फुटबल टोलीले आज मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहोर दारुलसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
निशूल्क रुपमा हेर्न सकिने यस खेल नेपाली समय अनुसार साझ साढे ६ बजेपछि सुरु हुने बताईएको छ । छनोटको तयारीमानै रहेको नेपाली टोलीले यसलाई तयारीमा थप मद्दत पुर्याउने बिश्वास लिएको छ ।
यो मैत्रीपूर्ण खेललाई ने सुजल श्रेष्ठले नेपालको कप्तानी गर्दैछन यस्तै उपकप्तानमा विकेश कुथु रहेका छन् । टिमका नियमित कप्तान विराज महर्जनलाई आराम दिएको र किरण र भरत् खवास बाहिर रहेको हुँदा सुजलले कप्तानीको जिम्बेबारी पाएका हुन ।
यता विश्वकप छनोट अन्तर्गतको दोस्रो चरणमा नेपाल समूह”बी ” मा रहेको छ । जहाँ नेपाल सहित अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन । फिफा बरियतामा एसियाबाट ३४ औँ स्थानमा रहने टिमलाई यसपटक सिधै दोस्रो चरणको छनोट खेलाउँन लागिएको हो ।
जसमा नेपाल पनि समाबेश हुँन सफल भएको छ । एसिया छनोटमा कुल ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहमा ५ टिम रहेका छन । खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवेको आधारमा खेलाईने छ । यसको अर्ध एक टिमसँग दुई खेल हुँनेछ । एउटा घर मा र अर्को बिपक्षीको घरमा सामना गर्नुपर्नेछ ।
यसरी खेल खेलिसकेपछि समूहको शिर्षस्थानमा रहने टिम विश्वकपको तेस्रो छनोटका लागि छानिने छन । भने समूहका ४ यस्ता उत्कृष्ट टिम जसले छनोटमा राम्रो प्रदर्शन गरेका थिए ति टिमले पनि तेस्रो चरणको छनोटमा स्थान बनाउने छन । यसैलाई आधार मानेर सन् २०२३ मा हुने एएफसी एसियन कपका लागि पनि छनोट गरिने छ ।
अन्तिम छनोटमा कुल १२ टिमको सहभागिता रहने छ । जसमा १२ टिमलाई २ समूहमा विभाजन गरि प्रतियोगिता खेलाईने छ । यसबाट दुवै समूहका शीर्ष दुई टिम कुल ४ टिम विश्वकपमा छनोट हुनेछन ।
भने दुवै समूहमा तेस्रो हुने टिमलाई एउटा सुनौलो मौका हुँनेछ । जसले प्ले अफ खेल्न पाउने छ । प्ले अफ विजेता टिम अन्तरमहादेशिय प्लेअफमा पुग्नेछ। यसबाट अन्तरमहादेशिय खेल जित्ने टिम पनि कतार विश्वकपमा स्थान पक्का गर्न सफल हुँनेछ ।
यसरी विश्वकप छनोट प्रक्रिया पार गर्नुपर्ने हुन्छ । तर नेपालका लागि भने सोचे जस्तो सहज पक्कै हुँने छैन । विश्वकप त टाढानै हो तर दोस्रो चरण पार गर्नु नेपालका लागि ठुलो उपलब्धि हुँन सक्छ ।
तुलनात्मक रुपमा नेपालको समूहमा बलिया टिमहरु रहेका छन । फिफा बरियतालाई आधार मानेर भन्ने हो भने पनि नेपाल कमजोर देखिएको छ । नेपालकै समूहमा सन् २०१५ को एसिया च्याम्पियन अष्टेलिया समेत रहेको छ ।नेपालको लागि नयाँ प्रतिद्वन्दी भएता पनि अष्टेलिया एसियाको एक ससक्त टिम हो । हाल सम्म अष्टेलियालाई ५ पटक विश्वकप खेलिसकेको अनुभव रहेको छ ।
यता अष्टेलियासँगै जोर्डन पनि बलियो टिमको रुपमा रहेको छ । फिफा बरियतामा हाल ९८ औँ स्थानमा रहेको जोर्डनबिरुद्द नेपाललाई अबश्य सहज हुँनेछैन । पछिल्लो विश्वकप छनोटको दौरान जोर्डन र नेपालबीच भेट हुँदा जोर्डनको घरेलु मैदानमा नेपाल जोर्डनसँग ९-० ले पराजित हुँदा नेपालमा भएको खेलमा भने १-१ को बराबरीमा सकिएको थियो ।
दशरथ रङ्गशालामा भएको खेलमा वर्षाले प्रभावित गरेको खेलमा पानिले डुबेको मैदानमा नेपालले जोर्डनलाई बराबरीमा रोकेको थियो । जसलाई हालसम्म नतिजाको आधारमा बलियो टिम माथिको राम्रो नतिजा मान्न सकिन्छ ।यी दुई टिम बाहेक नेपालको समूहमा रहेका कुबेत र चाइनिज ताइपेइबीचको खेलमा नेपालले राम्रो गर्न सक्ने फुटवलबिज्ञ बताउँछ्न । फिफा बरियतामा हाल १२५ औँ स्थानमा रहेको चाइनिज ताइपेइ र १५६ औँ स्थानमा रहेको कुबेत बिचको खेलमा नेपालले राम्रो गर्न सक्ने आधार पनि रहेको छ ।
केहि समय अघि भएको मैत्रीपूर्ण खेलमा कुबेत बिरुद्द नेपालले २ खेलमा १ बराबरी र दोस्रो खेलमा १-० को अन्तरमा पराजित हुँन पुगेको थियो । भने चाइनिज ताइपेइलाई १-१ मा रोकेको थियो ।
नेपालले यस यात्राको सुरुवात सेप्टेबर ५ तारिखमा कुबेतबिरुद्द उसैको मैदानबाट गर्ने भनिएको छ ।