विश्वकप छनोटका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा
साउन २२ , अनलाइन खेलखबर ।। सन् २०२२ मा हुँने फिफा विश्वकपको दोस्रो चरणको छनोट खेलका लागि नेपालले ३१ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक योहान कालीनको प्रशिक्षणमा रहेको नेपाली टिममा प्रारम्भिक प्रशिक्षणमा बोलाएका ३६ खेलाडी मध्य ३१ खेलाडीलाई छनोट गरिएको छ ।
पहिलो पटक सिधै दोस्रो चरणमा छनोट भएको नेपाल एसिया दोस्रो चरणको छनोटमा समूह ‘बि ” रहेको छ । जहाँ नेपाल सहित अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन । फिफा बरियतामा एसियाबाट ३४ औँ स्थानमा रहने टिमलाई यसपटक सिधै दोस्रो चरणको छनोट खेलाउँन लागिएको हो ।
जसमा नेपाल पनि समाबेश हुँन सफल भएको छ । एसिया छनोटमा कुल ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहमा ५ टिम रहेका छन । खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवेको आधारमा खेलाईने छ । यसको अर्ध एक टिमसँग दुई खेल हुँनेछ । एउटा घर मा र अर्को बिपक्षीको घरमा सामना गर्नुपर्नेछ ।
यसरी खेल खेलिसकेपछि समूहको शिर्षस्थानमा रहने टिम विश्वकपको तेस्रो छनोटका लागि छानिने छन । भने समूहका ४ यस्ता उत्कृष्ट टिम जसले छनोटमा राम्रो प्रदर्शन गरेका थिए ति टिमले पनि तेस्रो चरणको छनोटमा स्थान बनाउने छन । यसैलाई आधार मानेर सन् २०२३ मा हुने एएफसी एसियन कपका लागि पनि छनोट गरिने छ ।
अन्तिम छनोटमा कुल १२ टिमको सहभागिता रहने छ । जसमा १२ टिमलाई २ समूहमा विभाजन गरि प्रतियोगिता खेलाईने छ । यसबाट दुवै समूहका शीर्ष दुई टिम कुल ४ टिम विश्वकपमा छनोट हुनेछन ।
भने दुवै समूहमा तेस्रो हुने टिमलाई एउटा सुनौलो मौका हुँनेछ । जसले प्ले अफ खेल्न पाउने छ । प्ले अफ विजेता टिम अन्तरमहादेशिय प्लेअफमा पुग्नेछ। यसबाट अन्तरमहादेशिय खेल जित्ने टिम पनि कतार विश्वकपमा स्थान पक्का गर्न सफल हुँनेछ ।
यसरी विश्वकप छनोट प्रक्रिया पार गर्नुपर्ने हुन्छ । तर नेपालका लागि भने सोचे जस्तो सहज पक्कै हुँने छैन । विश्वकप त टाढानै हो तर दोस्रो चरण पार गर्नु नेपालका लागि ठुलो उपलब्धि हुँन सक्छ ।
तुलनात्मक रुपमा नेपालको समूहमा बलिया टिमहरु रहेका छन । फिफा बरियतालाई आधार मानेर भन्ने हो भने पनि नेपाल कमजोर देखिएको छ । नेपालकै समूहमा सन् २०१५ को एसिया च्याम्पियन अष्टेलिया समेत रहेको छ ।
नेपालको लागि नयाँ प्रतिद्वन्दी भएता पनि अष्टेलिया एसियाको एक ससक्त टिम हो । हाल सम्म अष्टेलियालाई ५ पटक विश्वकप खेलिसकेको अनुभव रहेको छ ।
यता अष्टेलियासँगै जोर्डन पनि बलियो टिमको रुपमा रहेको छ । फिफा बरियतामा हाल ९८ औँ स्थानमा रहेको जोर्डनबिरुद्द नेपाललाई अबश्य सहज हुँनेछैन । पछिल्लो विश्वकप छनोटको दौरान जोर्डन र नेपालबीच भेट हुँदा जोर्डनको घरेलु मैदानमा नेपाल जोर्डनसँग ९-० ले पराजित हुँदा नेपालमा भएको खेलमा भने १-१ को बराबरीमा सकिएको थियो ।
दशरथ रङ्गशालामा भएको खेलमा वर्षाले प्रभावित गरेको खेलमा पानिले डुबेको मैदानमा नेपालले जोर्डनलाई बराबरीमा रोकेको थियो । जसलाई हालसम्म नतिजाको आधारमा बलियो टिम माथिको राम्रो नतिजा मान्न सकिन्छ ।
यी दुई टिम बाहेक नेपालको समूहमा रहेका कुबेत र चाइनिज ताइपेइबीचको खेलमा नेपालले राम्रो गर्न सक्ने फुटवलबिज्ञ बताउँछ्न । फिफा बरियतामा हाल १२५ औँ स्थानमा रहेको चाइनिज ताइपेइ र १५६ औँ स्थानमा रहेको कुबेत बिचको खेलमा नेपालले राम्रो गर्न सक्ने आधार पनि रहेको छ ।
केहि समय अघि भएको मैत्रीपूर्ण खेलमा कुबेत बिरुद्द नेपालले २ खेलमा १ बराबरी र दोस्रो खेलमा १-० को अन्तरमा पराजित हुँन पुगेको थियो । भने चाइनिज ताइपेइलाई १-१ मा रोकेको थियो ।
नेपालले यस यात्राको सुरुवात सेप्टेबर ५ तारिखमा कुबेतबिरुद्द नेपालको घरेलु मैदानबाट हुने भनिएको भएता पनि त्यो हुँन भने सक्ने छैन । त्यसका लागि नेपालले विकल्पको खोजी गरीएको छ ।
नेपाली प्रारम्भिक टोली
गोलरक्षक : किरण कुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु र बिशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजबंशी, बिमल पाण्डे
मिडफिल्डर : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेब गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ
स्ट्राइकर : बिमल घर्ति मगर, राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट, भरत खवास,