विश्वकप छनोट : आशा धेरै ! सम्भावना कम
शलमान शाह ( अनलाईन खेलखबर ) ।। सन् २०२२ मा एसियाली राष्ट कतारमा हुँने फिफा विश्वकपका लागि विश्वकप छनोटको खेल तालिका सार्बजनिक भएसँगै हाल पुन : माहोल फुटवलमय बन्दै गएको अवस्था छ ।
पहिलो पटक सिधै दोस्रो चरणमा छनोट भएको नेपाल एसिया दोस्रो चरणको छनोटमा समूह ‘बि ‘ रहेको छ । जहाँ नेपाल सहित अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन । फिफा बरियतामा एसियाबाट ३४ औँ स्थानमा रहने टिमलाई यसपटक सिधै दोस्रो चरणको छनोट खेलाउँन लागिएको हो ।
जसमा नेपाल पनि समाबेश हुँन सफल भएको छ । एसिया छनोटमा कुल ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहमा ५ टिम रहेका छन । खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवेको आधारमा खेलाईने छ । यसको अर्ध एक टिमसँग दुई खेल हुँनेछ । एउटा घर मा र अर्को बिपक्षीको घरमा सामना गर्नुपर्नेछ ।
यसरी खेल खेलिसकेपछि समूहको शिर्षस्थानमा रहने टिम विश्वकपको तेस्रो छनोटका लागि छानिने छन । भने समूहका ४ यस्ता उत्कृष्ट टिम जसले छनोटमा राम्रो प्रदर्शन गरेका थिए ति टिमले पनि तेस्रो चरणको छनोटमा स्थान बनाउने छन । यसैलाई आधार मानेर सन् २०२३ मा हुने एएफसी एसियन कपका लागि पनि छनोट गरिने छ ।
अन्तिम छनोटमा कुल १२ टिमको सहभागिता रहने छ । जसमा १२ टिमलाई २ समूहमा विभाजन गरि प्रतियोगिता खेलाईने छ । यसबाट दुवै समूहका शीर्ष दुई टिम कुल ४ टिम विश्वकपमा छनोट हुनेछन ।
भने दुवै समूहमा तेस्रो हुने टिमलाई एउटा सुनौलो मौका हुँनेछ । जसले प्ले अफ खेल्न पाउने छ । प्ले अफ विजेता टिम अन्तरमहादेशिय प्लेअफमा पुग्नेछ। यसबाट अन्तरमहादेशिय खेल जित्ने टिम पनि कतार विश्वकपमा स्थान पक्का गर्न सफल हुँनेछ ।
यसरी विश्वकप छनोट प्रक्रिया पार गर्नुपर्ने हुन्छ । तर नेपालका लागि भने सोचे जस्तो सहज पक्कै हुँने छैन । विश्वकप त टाढानै हो तर दोस्रो चरण पार गर्नु नेपालका लागि ठुलो उपलब्धि हुँन सक्छ ।
तुलनात्मक रुपमा नेपालको समूहमा बलिया टिमहरु रहेका छन । फिफा बरियतालाई आधार मानेर भन्ने हो भने पनि नेपाल कमजोर देखिएको छ । नेपालकै समूहमा सन् २०१५ को एसिया च्याम्पियन अष्टेलिया समेत रहेको छ ।
नेपालको लागि नयाँ प्रतिद्वन्दी भएता पनि अष्टेलिया एसियाको एक ससक्त टिम हो । हाल सम्म अष्टेलियालाई ५ पटक विश्वकप खेलिसकेको अनुभव रहेको छ ।
यता अष्टेलियासँगै जोर्डन पनि बलियो टिमको रुपमा रहेको छ । फिफा बरियतामा हाल ९८ औँ स्थानमा रहेको जोर्डनबिरुद्द नेपाललाई अबश्य सहज हुँनेछैन । पछिल्लो विश्वकप छनोटको दौरान जोर्डन र नेपालबीच भेट हुँदा जोर्डनको घरेलु मैदानमा नेपाल जोर्डनसँग ९-० ले पराजित हुँदा नेपालमा भएको खेलमा भने १-१ को बराबरीमा सकिएको थियो ।
दशरथ रङ्गशालामा भएको खेलमा वर्षाले प्रभावित गरेको खेलमा पानिले डुबेको मैदानमा नेपालले जोर्डनलाई बराबरीमा रोकेको थियो । जसलाई हालसम्म नतिजाको आधारमा बलियो टिम माथिको राम्रो नतिजा मान्न सकिन्छ ।
यी दुई टिम बाहेक नेपालको समूहमा रहेका कुबेत र चाइनिज ताइपेइबीचको खेलमा नेपालले राम्रो गर्न सक्ने फुटवलबिज्ञ बताउँछ्न । फिफा बरियतामा हाल १२५ औँ स्थानमा रहेको चाइनिज ताइपेइ र १५६ औँ स्थानमा रहेको कुबेत बिचको खेलमा नेपालले राम्रो गर्न सक्ने आधार पनि रहेको छ ।
केहि समय अघि भएको मैत्रीपूर्ण खेलमा कुबेत बिरुद्द नेपालले २ खेलमा १ बराबरी र दोस्रो खेलमा १-० को अन्तरमा पराजित हुँन पुगेको थियो । भने चाइनिज ताइपेइलाई १-१ मा रोकेको थियो ।
नेपालले यस यात्राको सुरुवात सेप्टेबर ५ तारिखमा कुबेतबिरुद्द नेपालको घरेलु मैदानबाट हुनेछ ।
स्विडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा रहेको नेपालले अहिले विश्वकप छनोटका लागि भनेर लामो समय देखि आफ्नो तयारीमा जुटिरहेको छ । नेपाल यसपटक स्पष्ट सोचमा रहेको आंकलन गर्न सकिन्छ ।
कम्तिमा नेपालको सोच विश्वकपको तेस्रो चरण सम्म पुग्ने हुँनेछ । तर आशा धेरै छ सम्भावना कम ! यसो भन्दै गर्दै सम्भावना नभएको होईन छ ! तर त्यसका लागि नेपालले हालको खेल देखाएर पुग्दैन त्यसका लागि थप अतिरिक्त खेल प्रस्तुत गर्नेपर्छ ।
फुटबल हो जे पनि हुँन सक्छ । ईतिहास धेरै छ कमजोर मानिएका टिमले बलिया टिमलाई हराएका धेरै उदारण रहेका छन । त्यसलाई टिमले बोनसका रुपमा लिने गर्छन । त्यो भन्दा पनि आफ्नो तयारी आफैबाट गर्नु पर्ने हुन्छ । जति मेहनत गरिएको छ त्यसैको फल त अबश्य सबैले पाउँने गर्छन ।