ब्राजिलले उचाल्यो कोपा अमेरिकाको उपाधि
असार २३ , अनलाईन खेलखबर ।। ४६ औँ सस्करणको उपाधि घरेलु टोली ब्राजिलले उचालेको छ ।
गएराती भएको प्रतियोगिताको फाईनल खेलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल नवौपटक च्याम्पियन बनेको हो । ब्राजिलले यसअघि सन् २०१९ मा पहिलोपटक उपाधि उचालेको थियो । यसपछि सन् १९२२ , १९४९ , १९८९ , १९९७,१९९९,२००४,२००७ र लामो अन्तरालपछि पुन : ब्राजिलले उपाधि आत्मसाथ गरेको छ ।
ब्राजिललाई उपाधि दिलाँउन फाईनल खेलमा पेरुबिरुद्द एभरटन सोआरेसको, गेब्रियल जेशस ,र रिर्चालिसनले गोल गरेका थिए । खेलको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई सुरुवात अग्रता दिलाएका थिए ।
यसपछि पहिलो हाफको अन्त्यतिर पेरुले एउटा राम्रो अवसर प्राप्त गर्यो । ब्राजिलको गल्तीका कारण पेरुले पेनाल्टी पायो जसलाई पाओलो गुरेरोले गोलमा परिणत गरे । र खेल बराबरीमा ल्याए ।
लगत्तै पहिलो हाफको अतिरिक्त समयमा गेब्रियलले गोल गर्दै पुन ब्राजिललाई अग्रता दिलाए । यसपछि ब्राजिल ७० मिनेटपछि १० जना खेलाडीमा सिमित हुन् पुग्यो ।गेब्रियल दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए ।
खेलको ९० औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पायो । भिएआरको सहायतामा पाएको पेनाल्टीलाई रिर्चालिसनले गोल गरे र ब्राजिल १२ बर्षपछी फेरी कोपा अमेरिकाको च्याम्पियन बन्न सफल भयो ।
र हेर्नुहोस ब्राजिलको जित फोटोमा