कोपा अमेरिकामा आयोजक ब्राजिलको विजयी सुरुवात

कोपा अमेरिकामा आयोजक ब्राजिलको विजयी सुरुवात

जेठ ३२ , अनलाईन खेलखबर ।। ४६ औं कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिलले बिजयी सुरुवात भएको छ ।

आज विहान भएको प्रतियोगिताको पहिलो खेलमा ब्राजिलले बोलीवियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

खेलमा पहिलो हाफ बराबरीमा सकिएको भएपनि दोस्रो हाफमा ब्राजिलले राम्रो कमब्याक गर्दै ३ गोल गर्न सफल भएको थियो । पहिलो हाफ दुवै टिमले औशत प्रदशन गरेको भएपनि दोस्रो हाफमा ब्राजिल हाबी हुदै उक्त गोल गरेको थियो ।

खेलको औं मिनेटमा ब्राजिलका लागि फिलिप कॉटिन्होले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसपछि उनले नै दोस्रो गोल खेलको ५३ औं मिनेटमा गर्दै टिमका लागि २-० को अग्रता लिएका थिए ।

यसपछि ब्राजिलले खेलको ८५ औं मिनेटमा थप एक गोल गर्यो । सो गोल एवर्टनले गरेका थिए । र बाकी समयमा कुनै टिमवाट गोल हुन् सकेन र ब्राजिलले खेल आफ्नो पक्षमा सहज तरिकाले पार्न सफल भयो ।

कुल १२ राष्टको सहभागिता रहेको यस प्रतियोगितामा प्रतियोगिताको ब्राजिल समूह’ ए ‘ मा रहेको छ जसमा ब्राजिल सहित बोलिभिया, पेरु र भेनेजुएला रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *