लिभरपुलले उचाल्यो च्याम्पियन्स लिगको उपाधि
जेठ १९ ,अनलाईन खेलखबर ।। ईङ्गलिश क्लब लिभरपुलले युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधी उचालेको छ ।
गएराती मड्रिडमा भएको फाइनल खेलमा अर्को ईङ्गलिश क्लब टोटनहामलाई २-० गोलले पराजित गर्दै लिभरपुल प्रतियोगिताको च्याम्पयन बनेको हो । यो युईएफए च्याम्पियन्स लिगमा लिभरपुलको छठौ उपाधि हो ।
लिभरपुलको जितका लागि इजिप्टियन स्ट्राइकर मोहमद सलाह र डिभोक ओरीगीलेले १ /१ गोल गरेका थिए ।
फाईनल खेलमा लिभरपुलले खेलको दोस्रो मिनेटमै पहिलो गोल गर्दै अग्रता लिएको थियो । टोटनहाममाथी अग्रता लिने क्रममा पेनाल्टीमार्फत सलाहाले गोलमा गरेका थिए । पेनाल्टी श्रेत्र भित्र साडियो मानेको प्रहार टोटनहामका खेलाडीले ह्यान्ड गरेपनि लिभपुलले पेनाल्टी प्राप्त गरेको थियो ।
जसलाई सही सदुपयोग गर्दै सलाहले गोलमा परिणत गरेपछि लिभरपुल सुरुवाती अबस्थामा १-० ले अग्रता बनाउदै क्रमश खेलमा हाबी हुदै गयो ।
पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा लिभरपुलले थप एक गोल गरेपछि टोटनहाम निराश हुन् पुग्यो । लिभरपुल लागी खेलको ८७ औं मिनेटमा ओरिगीले दोस्रो गोल गरेका थिए ।
यसपछि बाकि समयमा कुनै टिमवाट गोल हुन् नसक्दा खेल लिभरपुलले आफ्नो पक्षमा पार्दै युईएफए च्याम्पियन्स लिगमा छठौ पटक उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ ।