onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कोपा अमेरिकाको दाबेदार ब्राजिलद्रारा टिम घोषणा : युवा र अनुभवीको मिश्रण

जेठ ४ , अनलाईन खेलखबर || आउदो जुन १४ देखि ७ जुलाई सम्म ब्राजिलमा हुन गईरहेको ४६ औं कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि आयोजक ब्राजिलले आफ्नो टिमको घोषणा गरेको छ ।

शुक्रवार टिमका मुख्य प्रशिक्षक टिटेको मुख्य निगरानीमा गरिएको टिम घोषणामा केहि युवा खेलाडीले स्थान पाउँदा केही अनुभवी खेलाडीले टिममा स्थान बनाउँन असफल भएका छ्न ।

यसपटक पनि टिमका मुख्य खेलाडी नेयमारलाई टिमको कप्तानीको जिम्मा दिईएको छ । जसमा गोलकिपरमा एडरसन (म्यानचेस्टर सिटी), कसिओ ( कोरिनथिआन्स) र एलिसन (लिभरपुल) रहेका छन ।

यस्तै डिफेन्डरको जिम्मा फ्लिप लुइस (एथलेटिको म्याड्रिड), एलेक्स सान्ड्रो ( युभेन्ट्स), मिरान्डा (इन्टरमिलान), थियागो सिल्भा ( पिएसजी), मार्क्युइनहोस (पिएसजी), एडर मिलिटाओ (रियल म्याड्रिड), डानियल आल्भेज ( पिएसजी)र फागनर (कोरिनथियान्स)लाई दिईएको छ ।

टिमको मिडफिल्डरमा अर्थर (बार्सिलोना), एल्लन (नापोली), लुकास पाक्वेटा (मिलान),केसेमिरो (रियल म्याड्रिड), फेर्नानडिन्हो ( म्यान सिटी), पिलिप कोटिन्हो (बार्सिलोना) रहेका छन ।

र फरवार्डमा नेइमार (पिएसजी), रिचार्ड्सन (एभर्टन), रोबेर्टो फिर्मिनो (लिभरपुल), गाब्रियल जिसस (म्यान सिटी) डेभिड नेरेज (अयाक्स) र एभर्टन (ग्रेमिओ) रहेका छन ।

ब्राजिलले जुन १४ मा बोलिभियाविरुद्ध खेल्दै कोपामा आफ्नो शुरुवात गर्ने छ । ब्राजिल कोपामा समुह ए मा बोलिभिया, पेरु र भेनेजुएलासँग रहको छ ।

प्रतियोगितामा ब्राजिलले पहिलो खेल खेल्नु अघि कतार र होन्डुरससँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

कोपा अमेरिकामा सफल टिम मध्यको एक ब्राजिलले अहिले सम्म ८ पटक उपाधि उचालिसकेको छ । सन् १९१९ मा पहिलो उपाधि उचाल्नेको ब्राजिलले यसपछि १९२२ , १९४९ , १९८९ ,१९९७ , १९९९ , २००४ र २००७ मा उपाधि उचालेको छ ।

ब्राजिलले उपाधि आफ्नो नाममा नलेखाएको पनि लामो समय भएको हुदाँ यसपटक ब्राजिलका लागि खाश रहने छ । जसका लागि टिम पनि ब्राजिलको राम्रो र बलियो पनि देखिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *