आउदो जेष्ठ ३ गते देखी धुलिखेलमा दोस्रो मदन भण्डारी स्मृति फूटबल प्रतियोगिता हुदैँ
बैशाख १६ , अनलाईन खेलखबर ।। आगामी जेष्ठ ३ गतेदेखि काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालयमा दोस्रो मदन भण्डारी स्मृति फूटबल प्रतियोगिता हुने भएको छ । पहिलो सस्करण भव्यताका साथ सफल आयोजना पछी त्यसैको निरन्तरता स्वरुप अहिले आयोजना गर्न लागिएको हो ।
विश्वबिद्यालय स्तरिय हुने सो प्रतियोगिता काठमाण्डौ विश्वविद्यालयको फूटबल मैदानमा हुनेछ। नक आउट आधारमा खेलाइने यो प्रतियोगितामा ३२ वटा टिमसम्म आउन सक्ने अनुमान लगाईएको छ ।अहिले सबैलाई खुल्ला आमन्त्रण गरिएको अबस्था छ ।
अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटीसहित अनेरास्ववियु काठमाडौं विश्वविद्यालय केन्द्रिय मेडिकल क्याम्पस कमिटी र अनेरास्ववियु काठमाडौं विश्वविद्यालय ल क्याम्पस कमिटीको पहलमा हुन् गईरहेको यो प्रतियोगिताको बिजेताले ५० हजार रुपैया हात पार्ने छ। त्यसै गरी उप बिजेता टोलीले ३० हजार रुपैया प्राप्त गर्नेछ ।
अघिल्लो वर्ष प्रतियोगिताको पुरस्कार राशी १ लाख रुपैया थियो । यधपी त्यस बेला सहभागीता रकम २० हजार थियो तर यस् पटक ८ हजार मात्र रहेको आयोजकले बताएको छ। यस साल पुरस्कार राशीभन्दा पनि प्रतियोगितालाई अझ ब्यबस्थित बनाउन जोड दिने अनेरास्ववियु राष्ट्रिय कमिटी काठमाडौं विश्वविद्यालयका अध्यक्ष सुन्दर लामाले अनलाईन खेलखबरलाई बताए ।
जननेता मदन भण्डारीको सम्झनामा गरिएको यो प्रतियोगिता मदन भण्डारी स्मृति फूटबल प्रतियोगिता आउदो जेष्ठ ३ गते अर्थात मदन भण्डारी स्मृति दिवसको दिन उट्घाटन गरिनेछ। यता पहिलो सस्करणको उपाधि काठमाण्डौ विश्वविद्यालयले उचालेको थियो भने पुल्चोक क्याम्पस उपबिजेता भएको थियो ।