onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आर्मीले उचाल्यो पुरुष फुटबलको स्वर्ण पदक

बैशाख ११ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदको महाकुम्भ आठौँ राष्टिय खेलकुदको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक उचालेको छ । आज भएको प्रतियोगिताको फाईनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आर्मीले स्वर्ण जितेको हो ।

फोटो : नेप्लेज

नेपालगन्ज रंगशालामा भएको फाईनल खेलमा बिकाश तामाङ्गले पहिलो हाफको अतिरिक्त समयमा गरेको गोलनै आर्मीका लागि स्वर्ण पदक हासिल गर्न प्रयाप्त भयो । प्रतिस्पर्धात्मक खेल भएको भएपनि बाकि समयमा कुनै टिमबाट गोल हुन् नसकेपछि आर्मीले स्वर्ण पदक प्राप्त गर्दा पुलिस रजत् पदकमा चित्त बुझाउन बाध्य भयो ।

यसअघि पुरुष फुटबल तर्फ सशस्त्र प्रहरी बल ( एपीएफ ) ले कांस्य पदक प्राप्त गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *