बालोन डी’ओर अवार्ड मोड्रिच लाई : मेस्सी र रोनाल्डो को एक दशक को लामो साम्राज्य तोडियो
मङ्सिर १८ , अनलाईन खेलखबर || क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले को एक दशक को सामाज्य लाई तोडदै क्रोएसियाका कप्तान तथा रियल म्याड्रिड का मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को ब्यालोन डी’ ओरको उपाधि उचालेका छ्न ।
सोमबार फ्रान्स को पेरिस मा भएको एक समारोह बिच पहिलो पटक क्रिष्टियानो रोनाल्डो लाई पछि पार्दै मोड्रीचले उपाधी हात पारेका हुन ।
यसअघि लगातार मेस्सि र क्रिस्टियानो रोनाल्डो यो उपाधी उचालेका थिए । दस बर्षपछि आएर बल्ल यसपटक भने मोड्रिच ले यो उपाधी आफ्नो नाममा लेखाउन सफल भए ।
रसिया बिश्वकप मा आफ्नो र्राष्ट्रिय टिम लाई उपबिजेता र रियललाई च्याम्पियन्स लिग जिताउन मुख्य भूमिका खेलेका मोड्रिच लाई यो बर्ष यो अवार्ड जित्न प्रयाप्त भयो ।
यो बर्ष पनि अवार्डको मुख्य दाबेदारको रुपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी लाई हेरिएको भए पनि मोड्रिच यस बर्ष हाबी हुने प्रस्टै देखिएको थियो , र त्यो हुन पनि गयो ।
सन् २००७ मा ब्राजिलियन काकाले जितेपछि यो अवार्ड क्रमश दश बर्ष रोनाल्डो र मेस्सीले समान ५/५ पटक जितेका थिए ।