onlinekhelkhabar.com

Complete website for Nepali Sports News

यमन विरुद्ध नेपाली फुटबल टोलि को घोषणा : भरत खवास ले यो खेल गुमाउने

चैत्र ६ , अनलाईन खेलखबर || एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्धको अन्तिम खेलका लागि आज नेपाली २० सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । घोषणा नेपाली टोलिका मुख्य प्रशिक्षक ग्योतोकी कोजुले गरेका हुन ।

नेपालले मार्च २७ मा कतारमा यमनविरुद्ध अन्तिम खेल खेल्दैछ । समूह चरणमा एक अंक मात्र जोडेको नेपाल पुछारमा रहेको छ हुँदा यसअघि नै दोस्रो चरण को नेपालको सम्भावना सकिएको छ त्यसले यो खेल मात्र प्रतिष्ठाका लागि सिमित रहेने छ ।

आज सार्बजनिक गरिएको टिम मा रोहित चन्द, विशाल राई , विमल घर्ती मगर, नवयुग श्रेष्ठ, बिराज महर्जन , किरण चेमजोङ जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन विष्ट, सुमन लामा, रजिन धिमाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, विकेश कुथु , एलन न्यौपाने र आदित्य चौधरी ले स्थान बनाउन सफल भएका छ्न
फोटो फाईल

यता प्रशिक्षणमा रहेका रबिन श्रेष्ठ , विशाल श्रेष्ठ, कमल श्रेष्ठ, र विमल बस्नेतले अन्तिम २० मा आफू लाई उपस्थित गर्न असफल भएका छ्न यता बिक्रम लामा चोट का कारण यो खेल गुमाउन पुग्दा भरत खवास ले दोहोरो पहेँलो कार्ड का सिकार वन्न पुगेका छ्न ।

उपत्यका बाहिर विभिन्न फुटबल प्रतियोगिता भएको हुदा नेपाल ले बल्ल बन्द प्रशिक्षक मा खेलाडी लाई राखेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *