onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रचण्डद्धारा आज चरिकोटमा प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता को भब्य उद्घाटन

मङ्सिर १ , अनलाईन खेलखबर | दोलखा को चरिकोट मा जारी प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता को भव्य उद्घाटन आज गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा स्वर्गीय प्रकाश को सम्झनामा मा पहिलो पटक आयोजना गरिएको प्रतियोगिता उद्घाटन गर्न आज नेकपाका अध्यक्ष तथा स्व. प्रकाशका पिता पुष्पकमल दाहाल “प्रचण्ड” चरिकोट पुगेका थिए ।

गत वर्ष मंसिर ३ गते हृदयघातका कारण निधन भएको स्व. प्रकाशको स्मृतिमा आयोजित प्रथम प्रकाश स्मृति कप – २०७५ को उद्घाटन गर्दै , स्व. प्रकाशका पितासमेत रहेका प्रचण्डले राष्ट्र र स्वास्थ्यको लागि खेलको ठूलो महत्व रहेको धारणा राखेका थिए ।

यस्तै दोलखा जिल्ला फुटबल सघ र द ओसन क्लब गोरखा बिच प्रतियोगिता को उद्घाट्न खेल द ओसन क्लव लाई ट्राईब्रेकर मा ७-६ को अन्तर ले पराजित गर्दै दोलखा जिल्ला फुटबल सघ ले प्रतियोगिता मा बिजयी सुरुवात गरेको छ ।

निकै रोमाञ्चक बनेको प्रतियोगिता को पहिलो खेल निर्धारित समय मा १/१ को बराबरि भएपछि खेल ट्राईब्रेकर मा गएको थियो ।

रिनेजम नेपाल को आयोजना तथा दोलखा जिल्ला फुटबल सघ को सह- आयोजना मा जारी प्रतियोगिता मंसिर ७ गते सम्म संचालन हुनेछ जहाँ मुलुक भर का कुल १२ टिमहरु को सहभागीता रहेको छ ।

राष्ट्रियस्तरमा ख्याति प्राप्त एपिएफ र कुमारी जस्ता क्लबहरु पनि सो प्रतियोगितामा सहभागि छन् । प्रतियोगिता को बिजेता ले २ लाख ५० हजार उपबिजेता ले १ लाख २५ हजार र तेस्रो र चौथो ले क्रमश समान ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने खेलका संयोजन मिन कुमार शिवाकोटी ले अनलाईन खेलखबर लाई जानकारी गराए ।

सो प्रतियोगिताका संयोजक मिन कुमार शिवाकोटीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम तथा गोरखा र दोलखाको फुटबल खेल हेर्न चरिकोटस्थित टुडिखेल मैदानमा दर्शकहरुको घुइचो लागेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *