onlinekhelkhabar.com

Complete website for Nepali Sports News

शहीद स्मारक ए डिभिजन लिग : मनाङ र आर्मी बिजयी

मङ्सिर १ , अनलाईन खेलखबर || आज बाट पुन सन्चालन मा आएको शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज सनिवार भएको खेल मा मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी बिजयी भएका छ्न ।

हलचोक स्थित एपीएफ को खेल मैदान मा भएको आज को पहिलो खेल मा मनाङ मस्र्याङ्दी ले न्यूरोड टिम एनआरटी माथि २–० को जित निकालेको हो । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

मनाङ लाई जित दिलाउँन अन्जन बिष्ट र ओलावाले ले १/१ गोल गरे । एनआरटीका खेलाडीले अन्जन लाई लडाए पछि पाएको पेनाल्टी लाई सदुपयोग गर्दै अन्जन ले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यसपछि खेलको ३७औं मिनेटमा मनाङ का लागि अफ्रिकन खेलाडी ओलावाले दोस्रो गोल गरेका थिए ।

यसपछि बाकी समय मा कुनै टिम बाट गोल हुन सकेन र खेल मनाङ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यस्तै आज नै हलचोक मैदान मा भएको दोस्रो खेल मा त्रिभुवन अार्मी क्लबले च्यासल युवा क्लबलाई १-० ले पराजित गरेको छ ।

खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको आर्मीले अन्तिमसम्म उक्त अग्रता जोगाउन सफल भयो । आर्मीका लागि विकास खवासले गोल गर्दै टिम का लागि महत्त्वपूर्ण पहिलो जित दिलाए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *