दोस्रो चरण मा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फिर्ता

दोस्रो चरण मा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फिर्ता

कार्तिक २९ ,अनलाईन खेलखबर|ओलम्पिक महिला फुटबलका लागि एसिया क्षेत्र छनोट को पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फिर्ता भएका छ्न ।

फोटो सौजन्य : खेल पार्टी

म्यानमार मा सम्पन्न पहिलो चरण को एसिया छ्नोट प्रतियोगिता खेली नेपाली महिला टोली आज मालिन्डो एयरलाइन्स बाट दिउसो करिव १ बजे तिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मा अवतरण गरेका थिए ।

छ्नोट हुन सफल नेपाली चेली हरु लाई स्वागत गर्न बिमान स्थल मा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायत का एन्फाका पदाधिकारी हरु पुगेका थिए । उनी हरु ले महिला फुटबल खेलाडी हरु लाई खादा र फुलमाला लगाएर स्वागत गरेका थिए ।

पहिलो चरण को प्रारम्भिक छ्नोट मा नेपाल अपराजित रह्दै उत्कृष्ट हुँदै दोस्रो चरण का लागि छ्नोट भएको हो । नेपाल ले भारत र म्यानमार र बङलादेश सगँ बराबरी खेल खेलेको थियो । नेपाल सहित समूह ” सि ” बाट म्यानमार समूह बिजेता र भारत उपबिजेता बन्दै दोस्रो चरण पुगेका छ्न ।

छ्नोट को नियम अनुसार छ्नोटको समूहका विजेता, उपविजेता र तेस्रो हुने टिममध्ये उत्कृष्ट दुई टिमले समेत दोस्रो चरणको यात्रा तय गर्ने प्रावधान रहेको थियो । त्यहि प्राबधान अनुरुप उत्कृष्ट प्रदशन गरेको नेपाल ले यो मौका प्राप्त गरेको थियो ।

अब सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तर्गत को एसिया क्षेत्रको को दोस्रो चरण को छ्नोट प्रतियोगिता आउदो अप्रिल मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *