नेपाली महिला फुटबल टोली ओलम्पिक महिला फुटबल को दोस्रो चरण का लागि छ्नोट

नेपाली महिला फुटबल टोली ओलम्पिक महिला फुटबल को दोस्रो चरण का लागि छ्नोट

कार्तिक २७ , अनलाईन खेलखवर || नेपाली महिला टोलि ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबल छनोट को दोस्रो चरणमा प्रवेश गरेको छ ।

पहिलो चरण को अन्तिम खेल मा आज मङ्गलबार बङ्लादेश सगँ १-१ को बराबरी खेलेपछी नेपाल उत्कृष्ट रह्दै दोस्रो चरण प्रबेश गरेको हो ।

यसअघि नेपालले भारत र आयोजक म्यानमारसँग सगँ पनि बराबरी खेलेको हुँदा नेपाल समूह “सी ” को तेस्रो स्थानमा रहेपनि उत्कृष्ट हुदै दोस्रो चरणमा पुगेको हो ।

आज भएको खेल मा म्यानमार स्थित थुवुन्ना रंगशालामा नेपालले सुरुवाती समयमै अग्रता बनाएको भएपनि खेलको अन्तिम तिर सम्हालिन नसक्दा बङलादेश सगँ स्पष्ट जित निकाल्न चुक्यो ।

बङ्लादेश विरुद्ध को खेलको १६ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपाल लाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० गोलले अग्रता गरेको नेपाल ले अन्तिम मिनेटमा गोल खादै अंक बाँडेको हो । खेलको अतिरिक्त समयमा बंगलादेशकी अखी खातुनले गोल गर्दै बराबरीमा पुर्याएकी हुन् र नेपाल ले अन्त्तत नेपाल बङ्लादेश सगँ अंक बाढन बाध्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *