onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पुलिस लाई पराजित गर्दै तिलोत्तमा गोल्ड कप को उपाधी थ्री-स्टार क्लब लाई

चैत्र ३ ,अनलाईन खेलखबर || रुपन्देही मा भएको तिलोत्तमा गोल्डकप को उपाधी रुस्लान थ्री स्टार क्लब ले हात पारेको छ । आज भएको फाईनल खेल मा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै थ्री स्टार क्लबले २० औं तिलोत्तमा गोल्डकपको च्याम्पियन बनेको हो ।

एन्फा टेक्निकल मैदान मा भएको फाईनल खेल पहिलो हाफ मा दुबै टोलि ले गोलरहित बराबरी बनाएर खेलेका थिए । पहिलो हाफ मा दुबै टोलि ले दबाब रहित खेले पनि दोस्रो हाफमा थ्री स्टार उत्कृष्ट कमब्याक गर्दै दुई गोल गर्न सफल भयो । थ्री स्टारले ६६ औं मिनेटमा रविन श्रेष्ठको आत्मघाती गोलबाट अग्रता बनाएको थियो विमल घर्ति मगरको क्रसलाई करिब १ वर्ष पछि चोटबाट मैदानमा फर्केका रविनले चेस्ट गर्दै पुलिसका किपर तर्फ दिएपनि पुलिसका गोल किपरबीचको तालमेलका कमीको कारण पुलिस खेलमा पछि परेको थियो जुन पछि खेलको ट्रनिग पोईन्ट बन्यो ।।

फोटो सौजन्य : गोल नेपाल

पुलिस खेल मा फर्किन खोजे को भए पनि ७९औं मिनेटमा थ्री स्टार ले अर्को गोल गर्यो जुन मिडफिल्डर सुनिलले प्रहार गरेको कर्नरमा हेड गर्दै कप्तान निराजन खड्काले टोलीलाई दोस्रो गोल गरेका थिए । यसरी २ गोल गर्दै थ्री – स्टार च्याम्पियन बन्न सफल भएको छ ।

बिजेता टोलि रुस्लान थ्री – स्टार ले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ हात पारेको छ भने उप बिजेता पुलिस क्लब ले ४ लाख ४४ हजार ४ सय ४४ नगद मा मा चित्त बुझाउन बाध्य भयो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *