गाईघाट स्पोर्ट्स लाई ट्राईब्रेकर मा पराजित गर्दै  बेङ्गखाडी मोहत्तरी मेयर गोल्ड कप को फाईनल प्रबेश

गाईघाट स्पोर्ट्स लाई ट्राईब्रेकर मा पराजित गर्दै बेङ्गखाडी मोहत्तरी मेयर गोल्ड कप को फाईनल प्रबेश

कार्तिक ४ , लोकेन्द्र प्रसाद यादब (अनलाईन खेलखबर )||बोदे बसाईन नगरपालिका -५ सप्तरी को आयोजना मा सप्तरी मा भईरहेको प्रथम मेयर गोल्ड कप को पहिलो सेमिफाइनल मा गाईघाट स्पोर्ट्स क्लब गाईघाट उदयपुर लाई ट्राईब्रेकर मा ५-३ ले पराजित गर्दै बेङ्गखाडि महोत्तरी प्रतियोगिता को फाईनल पुगेको छ ।

आज भएको प्रतियोगिता को पहिलो सेमिफाइनल मा निर्धारित समय मा कुनै टिम बाट गोल हुन नसकेपछि खेल को नतिजा ट्राईब्रेकर ले निर्धारण गरेको थियो ।

दुबै टिम को उत्कृष्ट प्रदशन को बाबजुत निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेल मा टाईब्रेकर मा गाईघाट स्पोर्ट्स क्लब गाईघाट उदयपुर लाई बेङ्गखाडी मोहतरी ले ५- ३ ले निराश बनायो ।

आज को खेल मा बेङ्गखाडी मोहतरी का कप्तान रंजन म्यान अफ दि म्याच घोषित भए ।

अब प्रतियोगिता मा भोलि सोमबार दोस्रो सेमिफाइनल हुनेछ जहाँ रामधुनी युवा क्लब झुम्का सुनसरी र त्रियुगा स्पोर्ट्स टिम फत्तेपुर सप्तरी भिडने छन ।

बिजेता टोलि ले बेङ्गखाडी मोहतरी सगँ बुधबार फाईनल खेल्नेछ । प्रतियोगिता को बिजेता टिम ले ५१ हजार नगद सहित कप र उपबिजेता टिम ले नगद ३५ हजार र कप प्राप्त गर्ने छ्न भने म्यान अफ दि सिरिज ले ३ ह्जार नगद सहित मेडल प्राप्त गर्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *