onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बोदे बर्साईन फुटबल टिम माथी मधुनी युवा क्लब को शानदार जित : यो सगैँ प्रतियोगिता को सेमिफाइनल समीकरण पनि पूरा

कार्तिक ३ , लोकेन्द्र प्रसाद यादब (अनलाईन खेलखबर ) || बोदे बसाईन नगरपालिका -५ सप्तरी को आयोजना मा सप्तरी मा भईरहेको प्रथम मेयर गोल्ड कप अन्तर्गत आज भएको खेल मा रामधुनी युवा क्लब झुम्का सुनसरी बिजयी भएको छ ।

प्रतियोगिता मा अाज रामधुनि युवा कल्व झुम्का सुनसरी र बोदे बर्साईन फुटबल टिम बोदे बर्साईन सप्तरी भिडेका थिए ।

जसमा रामधुनी युवा क्लब झुम्का ले बोदे बर्साईन फुटबल टिम लाई ३-१ गोल अन्तर ले पराजित गरेको छ ।

सुरुवात देखि नै बोदे बर्साईन फुटबल टिम माथी हाबी भएको रामधुनी युवा क्लब ले खेल सुरु भएको पाचौं मिनेट मा पहिलो गोल गर्दै अग्रता लिएको थियो । पहिलो गोल रामधुनी युवा क्लब का लागि जर्सि नम्बर १० का खेलाडी तिर्थ बस्नेत गरेका थिए ।

पहिलो हाफ मा १-० ले अग्रता कायम गरेको
रामधुनी युवा क्लब ले दोस्रो हाफ मा थप २ गोल गर्न सफल भयो । जसमा जर्सि नम्बर १६ का खेलाडी अभिषेक कालिकोटे ले टिम का लागि दोस्रो गोल गरे । यस्तै १४ नम्बर जर्सिका अदिश चाैधरी ले टिम का लागि तेस्रो गोल गरे ।

३-० को पछि रहेको अबस्था मा बोदे बर्साईन को तर्फबाट खेलको अन्तिम क्षण मा १४ नम्बर जर्सी का संजिप चाैधरीले सान्त्वना १ गोल फर्काएका थिए ।

आज को खेल मा गोल गर्ने प्रत्यक खेलाडी लाई बजाज अटो पाटर्स बोदे बर्साईन का प्रोपाईटर राजकपुर यादब ले जनहि १ सय रुपैयाँ प्रदान गरि सम्मान गरेका थिए ।

यो खेल सगैँ प्रतियोगिता को सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनल मा आईतवार गाईघाट स्पोर्ट्स क्लब गाईघाट उदयपुर र बेङ्गखाडी मोहतरी बिच हुनेछ । भने दोस्रो सेमिफाइनल मा रामधुनी युवा क्लब झुम्का सुनसरी र त्रियुगा स्पोर्ट्स टिम फत्तेपुर सप्तरी सोमबार का दिन भिडने छ्न ।

प्रतियोगिता को फाईनल खेल आउदो कार्तिक ७ गते हुनेछ । प्रतियोगिता को बिजेता टिम ले ५१ हजार नगद सहित कप र उपबिजेता टिम ले नगद ३५ हजार र कप पाउने छ्न भने म्यान अफ दि सिरिज ले ३ ह्जार नगद सहित मेडल ले सम्मान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्