प्रथम मेयर गोल्ड कप : गोलबजार फुटबल टिम माथी एफसि बेङ्गखाडी को सहज जित
कार्तिक २ , लोकेन्द्र प्रसाद यादब (अनलाईन खेलखबर ) || बोदे बसाईन नगरपालिका -५ सप्तरी को आयोजना मा सप्तरी मा भईरहेको प्रथम मेयर गोल्ड कप अन्तर्गत आज भएको खेल मा एफसि बेङ्गखाडी महोत्तरी बिजयी भएको छ ।
प्रतियोगिता मा अाज को गोलबजार फुटबल टिम गोलबजार सिराहा र एफसि बेङ्गखाडी महोत्तरी भिडेका थिए ।
जसमा उक्त खेल मा एफसि बेङ्गखाडी महोत्तरी ले गोलबजार फुटबल टिम लाई ३-१ को गोल अन्तर ले पराजित गरेको थियो ।
बेङ्गखाडी लाई जित दिलाउन म्यान अफ दि म्याच समेत भएका जर्सि नम्बर ७ का सवनम राई को उत्कृष्ट प्रदशन रहयो । उनलाओइ म्याच को उपहार पपु अाईस स्टोर्स बोदे बर्साईनले प्रदान गरे ।
भोलि को खेल मा बोदे बर्साईन स्पोर्ट्स फुटबल टिम सप्तरी र रामधुनी युवा कल्व झुम्का सुनसरी भिडने छ्न ।